जीवनशैली

खुसीसँगै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने यी ‘पाँच’ क्रियाहरू

काठमाडौँ । न्यूयोर्कको द यूनिभर्सिटी अफ भरमोन्ट मेडिकल सेन्टरको अनुसन्धान भन्छ— तपाईं नजिकका चिज, ध्वनी र वास्नाले तपाईंको शरीरमा प्रभाव पार्दछ । वैज्ञानिकले यस्ता पाँच तरिकाको क्रियामा अनुसन्धान गरे र तिनको फाइदा बुझे । उनीहले यी क्रियाले मानिसभित्र खुसी, आशा र मिठो निन्द्रामा बढोत्तरी साथै यसले रोगसँग लड्ने क्षमता पनि वृद्धि गर्दछ भन्ने पत्ता लगाए ।

यी क्रियाले छटपटी र तनावलाई घटाउँछ  । जसको माध्यमबाट मानिस विचारमा ध्यान केन्द्रित गर्नको साटो आसपासको वातावरणलाई नजिकबाट महशुष गर्न सक्दछ ।

यी पाँच क्रियाहरु के हुन् ?

१. चिजलाई ध्यानसँग हेर्नुहोस्
नजिकको वातावरणलाई हेर्नुहोस् । पाँच यस्ता चिज सूचीत गर्नुहोस जसमा सामान्य दिनमा तपाईं ध्यान दिनुहुन्न । जस्तैः पार्कमा भएको रुख । नाम नोट गर्नुहोस् ।

२. चिजलाई छोएर महशुष गर्नुहोस्
घर होस वा बाहिर, चार यस्ता चिजमा ध्यान दिनुहोस जसलाई तपाईंले स्पर्श गरेर महशुष गर्न सक्नुहुन्छ । जस्तैः कपडाको बनावट, टेवलको सतह ।

३. ध्वनीलाई सुन्नुहोस्
तीन यस्ता ध्वनीलाई महशुष गर्ने कोशिष गर्नुहोस जसले ब्याग्राउन्ड म्यूजिकको अनुभूति गराउँछ । जस्तैः घर बाहिर चराचुरुङ्गीको आवाज, अर्को कोठामा हल्का गुञ्जिएको धुन ।

४. चिजलाई सुँघेर महशुष गर्नुहोस्
यस्तो गन्धमा ध्यान दिने कोशिष गर्नुहोस जुन सामान्यता महत्व दिनुहुन्न । जस्तै भान्सा कोठाबाट बनिरहेको वास्ना । बाहिर पाकेको फल । त्यसको नाम पनि लेख्न सक्नुहुन्छ ।

५. चिज चाख्नुहोस्, स्वाद महशुष गर्नुहोस्
यो सजिलो उपाय हो किनकी तपाईं केहि खाइरहनु भएको छ भने त्यसको स्वाद पहिचान गर्ने कोसिस गर्नुहोस् । साथै चुइगम वा कुनै पेय पदार्थलाई अन्तिमसम्म महशुष गर्नुहोस् ।

वृद्धवृद्धामा राहत दिन्छन यी क्रिया

ब्रेन, विहेवियर एण्ड इम्यूनिटी जर्नलका अनुसार, मात्र आठ हप्तामा नै यी क्रियाको मद्यतबाट तनावलाई कम गर्न सकिन्छ । यतिमात्र होइन ५५ देखि ८५ वर्षसम्मका वृद्धवृद्धामा यी क्रियाले प्रतिरोधात्मक क्षमता उत्कृष्ट बनाउन सहयोग पुग्दछ । 

गाउँ सहर डेस्क

तपाईँको मत