प्रेरणा

‘जब हामी अर्कालाई दोष थाेपार्न बन्द गर्छौँ तबमात्र हाम्रो प्रेम गर्ने क्षमता बढ्न थाल्दछ’

काठमाडौँ । रशियन लेखक तथा दार्शनिक लियो टोल्सटोय, उनले गरिबको सेवा गर्नको लागि सारा धन सम्पति त्यागेका थिए । उनको जन्म रुसमा ९ सेप्टेम्बर १८२८ मा भएको थियो । घर परिवार र सुख सुविधा छाडेर उनी गरिबको सेवामा समर्पित भएका थिए ।

उनले जीवनमा शान्ति प्राप्त गर्नको लागि इश्वरको कृपा पाउनु जरुरी हुने बताउँथे । उनले कयौँ कथा र उपन्यास लेखेका थिए । २० नोभेम्बर १९१० मा उनको निधन भएको थियो ।

उनका प्रेरक विचारहरूः

“जब हामी अर्कालाई दोष लगाउन बन्द गर्छौँ, तब हाम्रो प्रेम गर्ने क्षमता बढ्न थाल्नेछ । यही एक राम्रो बानीले कयौँ कीर्तिमान स्थापित गर्न सकिन्छ ।”

“हामीलाई आनन्द त्योबेला प्राप्त हुन सक्छ जब हामी जीवनको सेवालाई रुपमा देख्दछौँ ।”

“अधिकांश व्यक्ति आफ्ना नजिकका व्यक्तिलाई साथै संसारलाई परिवर्तन गर्ने सोच्छन, तर आफैँ परिवर्तन हुन सोच्दैनन् । संसार बदल्नु छ भने आफैँबाट सुरू गर्नु पर्दछ ।”

“यदि कुनै व्यक्ति खुसी रहन चाहन्छ भने अभावमा खुसी रहन सक्दछ । सबै प्रशन्न परिवार एक समान हुन्छ र हर एक दुखी परिवार आफ्नै निर्णयबाट अप्रशन्न रहन्छ ।”

“जो व्यक्ति पूर्णताको खोजी गर्छन्, उ कहिल्यै सन्तुष्ट हुँदैन । हामीले कमी खोज्नु पर्दछ र त्यसलाई दूर गर्ने कोसिस गर्नु पर्दछ ।”

गाउँ सहर डेस्क

तपाईँको मत