प्रेरणा

“मानिस आफ्नो कर्मबाट चिनिन्छ; नाममा के छ ? गुलाबलाई त्यसको रंग र सुगन्धबाट चिनिन्छ”

काठमाडाैँ । विलियम शेक्सपियरको जन्म २२ अप्रिल १५६४ मा भएको थियो । उनी यूकेको स्ट्रेटफोर्ड अन एवनमा जन्मेका थिए । पारिवारिक अवस्था असहज थियो । प्रारम्भिक जीवन अनेकन समस्यामा बितेको थियो । तर उनले हार मानेनन् र संसारभर महान नाटकारमध्ये एक भएर निस्के । उनको निधन २३ अप्रिल १६१६ मा भएको थियो ।

विलियम शेक्सपियर र उनका केहि विचारहरुः

“यदि तपाईं कसैसँग आशा गर्नुहुन्छ भने त्यसले एकदिन दुःख जरुर दिनेछ, किनकी आशा एकदिन अवश्य टूट्छ त्यो बेला दुःख हुन्छ । यसकारण कसैबाट आशा राख्नु हुँदैन ।”

“यदि हामी महान काम गर्न चाहन्छौँ भने हामी नयाँ गल्ती गर्नबाट डराउनु हुँदैन । नयाँ गल्ती गर्न डराउँछौँ भने अगाडि बढ्न सक्दैनौँ ।”

“मानिस आफ्नो कर्मबाट चिनिन्छ । नाममा के छ ? गुलाबलाई त्यसको रंग र सुगन्धबाट चिनिन्छ ।”

“हामीलाई आफ्नो वाणीमा विशेष ध्यान दिनु पर्दछ । किनकी, मुखबाट निस्किएको एक गलत कुराले सबै सम्बन्ध समाप्त गर्न सक्छ ।”

“खाली भाँडा नै सबैभन्दा बढि आवाज गर्दछ । यसको अर्थ यो हो कि व्यक्ति ज्ञानी छैन, उ आफैँलाई ठूलो ज्ञानी बताउँछ ।”

गाउँ सहर डेस्क

तपाईँको मत