स्वास्थ्य

विश्वभर काेराेना निकाे हुने २ कराेड ८३ लाख, १० लाख ८१ हजारकाे मृत्यु, ६८ हजार जना गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ८३ लाख १७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ८३ लाख ४७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ७७ लाख ४६ हजार नाघेको छ भने मृतकको संख्या १० लाख ८१ हजार ४३५ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६८ हजार ७३६ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७९ लाख ९१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ५१ लाख २८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २६ लाख ४४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७१ लाख १९ हजार ३ सयसहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ९ हजार १८४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ६१ लाख ४६ हजार ४२७ जना निको भएका छन् । सक्रिय केस ८ लाख ६३ हजार ६८९ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५० लाख ९४ हजार जना संक्रमितमध्ये ४४ लाख ७० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ५० हजारभन्दा बढी छन् । 

नेपालमा भाइरस संक्रमित १ लाख ७ हजार ७५५ जना पुगेका छन् भने ७५ हजार ८०४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ६ सय ३६ पुगेको छ भने ३१ हजार ३१५  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत