स्वास्थ्य

आँखासम्म पुग्यो कोरोना, ६४ वर्षिया चीनीयाँ महिलामा दुई महिनापछि भाइरस देखापर्यो

वुहान । चीनमा कोरोनाको एक अचम्मको घटना देखिएको छ । ६४ वर्षिया महिला कोरोनामुक्त भइन् तर दुई महिनापछि कोरोनाभाइरस उनको आँखामा देखियो । चीनमा यो घटनाको चौतर्फी चर्चा भएको छ ।

रिपोर्टका अनुसार, लगातार पाँच दिनसम्म सुक्खा खोकी र नौ दिनसम्म डायरियाको लक्षण देखिएपछि महिला ३१ जनवरी २०२० मा अस्पताल भर्ना भएकी थिइन् । चेक गर्दा फोक्सोमा संक्रमण देखिएको थियो । अरु समस्या नदेखिए पनि आँखामा समस्या भने थियो ।

१८ र २० फेब्रुअरीमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भइन् । त्यसको करिब ८ दिन पछि आँखामा दुखाई सुरु हुन थाल्यो र पुनः अस्पताल पूगिन् ।

आठ मार्चमा अस्पताल भर्ना भइन् । आँखाको सर्जरी भयो दुइपटक । पुनः दुखाई बढेपछि आँखाको नमूना चेक गर्दा त्यसमा कोरोनाभाइरसको प्रोटिन देखियो ।

जामा अप्थेल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार, कोरोनाको विरामीमा अक्युलर मेनिफेस्टेशन को केश देखिएको छ । यो केशमा आँखाको भाग रातो हुने र सूजन आउँछ । योभन्दा पहिले भएको एक अनुसन्धानमा पनि कोरोना आँखाको माथिल्लो पत्रको अलवा आँसुमा पनि पाइएको थियो । यहाँबाट पनि संक्रमण फैलन सक्छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत