स्वास्थ्य

कोखमा रहेको बच्चामा डायबिटीज, संसारकै पहिलो घटना

ब्रिटिश शोधकर्ताले अचम्ममा पार्ने अनुसन्धान बाहिर ल्याएका छन् । शोधकर्ताको दावी यो छ कि गर्भमा हुर्किरहेको बच्चामा पनि डायबिटीज हुन सक्छ ।

अनुसन्धान गर्ने एक्सेटर यूनिभर्सिटीका बैज्ञानिकका अनुसार— अटोइम्यून डिजीजले गर्भमा हुर्किरहेको बच्चाको इम्यून सिस्टममा आक्रमण गर्दछ । यो रोगले इन्सुलिन बनाउने कोशिकालाई खराब गर्दछ । यस्तो जन्मभन्दा पहिले बच्चामा टाइप-१ डायबिटीज हुन सक्छ । यस्तो घटना आएको छ ।

शोधकर्ता डा. एलिजाबेथ रोबर्टसनका अनुसार— पहिलो पटक यस्तो केश आएको हो, जब जन्म हुनुभन्दा अघि नै बच्चामा टाइप-१ डायबिटीज स्पष्ट भएको छ ।

अहिलेसम्मका अध्ययनमा बच्चा जन्मेको ६ महिना पहिले डायबिटीज भएपनि यो पहिलो घटना भएको छ । अनुसन्धानकर्ताका अनुसार- जुन बच्चा कोखमै डायबिटीज भएको थियो उ जन्मदा कम तौलको थियो । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत