जीवनशैली

आत्महत्याको विचारबाट कसरी पाउने छुट्कारा ? अभिभावकले कुरा गरे कम हुनसक्छ जोखिम

विश्व स्वास्थ्य संगठनका अनुसार, संसारमा हरेक वर्ष करिब आठ लाख मानिस आत्महत्या गर्छन अर्थात हरेक ४० सेकेण्डमा एक व्यक्ति आफूखुसी गरिरहेका छन् ।

विश्लेषणबाट यो कुरा पत्ता लागेको छ कि सुत्ने तरिका र अभिभावकको पुरानो मानसिक समस्यालेपनि किशोरमा आत्महत्याको विचार बढाउँछ ।

काठमाडौँ । कोरोनाको कहरमा विश्वमा डिप्रेशनको केश बढेका छन् । आत्महत्याका केशहरुमा पनि वृद्धि आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार— १५ देखि १९ वर्षका किशोरमा भएको मृत्युको तेस्रो ठूलो कारण भनेको आत्महत्या र डिप्रेशन अर्को ठूलो कारण हो ।

विश्वमा एक वर्षमा मृत्यु हुनेमध्ये १.५ प्रतिशत अर्थात ८५०,००० को मृत्युको कारण आत्महत्या हुने गर्छ । नेपालमा करिब ५ प्रतिशत छ । अर्थात नेपालमा तीन गुना बढीले आत्महत्या गर्छन् । संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । यो संख्या अझ बढी हुने सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ ।

वास्तवमा आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । त्यसैले आत्महत्याका विविध कारणहरू हुन सक्दछन् । तर आत्महत्याको कोशिश गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित भएका हुन्छन् । तर सबै मानसिक रोगहरूले आत्महत्या तथा आत्मक्षति गर्छन् भन्ने छैन भन्ने विज्ञको तर्क पनि छ ।

विभिन्न अध्ययनले भन्छ आत्महत्याका यी हुन कारण र बचाउने उपाय

जर्नल अफ चाइल्ड एण्ड एडोलसेन्ट साइकेट्रिक नसिंङ्गमा प्रकाशित विश्लेषणमा ६६ फरक फरक अध्ययन समावेश गरिएको थियो । यो अध्ययन किशोरमा आत्महत्याको व्यवहारलाई लिएर गरिएको थियो । यो अध्ययनको विश्लेषण गरेर शोधकर्ताले यो थाहा पाए कि किशोरमा आफूखुसीको जोखिम बढ्ने कारण के हो भनेर ।

विश्लेषणनुसार, किशोरमा आफूखुसीको व्यवहारको जोखिमलाई बढाउने आन्तरिक कारण स्मार्टफोन, सहि पोषण नपाउनु, महामारीको दिक्तता, खराब जीवनशैली, सुत्ने शैलीको सन्तुलन मिलिरहेको छैन । बाहिरी कारण अभिभावकको पुरातन मानसिक स्थिति, परिवारमा बातचित नहुँदाका कारण र सामाजिक समस्याहरू समावेस छन् ।

अध्ययनबाट सार्थक जीवन, सहि पोषण, अभिभावकमा कुराकानी, धार्मिक हुनु, किताब र फिल्मबाट सुसाइडल विहेवियरलाई परिवर्तन गराउन सकिने बताइएको छ । 

इन्डोनेशियाको यूनिभर्सिटी ब्राविजयाका हेनी डी विन्डरवाटीले भने— अरुमा माया गर्नु जरुरी छ, तर आफैँलाई माया गर्नु बहादुरी । आफैँलाई माया गर्न नडराउनुहोस् । कोहि अरुको लागि लडाईं गर्नुभन्दा पहिले आफैँसँग लड्नु पर्छ ।

यसरी पाउनुहोस डिप्रेशनबाट छुटकारा

मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना भन्छन्— हाम्रो समाजमा प्रगति गनिन्छ तर दुःख गनिँदैन । उनले भने— बच्चालाई दवाव भन्दापनि प्रेरणाको जरुरत हुन्छ । यदि यो कमी भएमा डिप्रेशन र आत्महत्यासम्म पुग्छ ।

आत्महत्याको केहि संकेतहरु देखिन सक्छन्

एक्लै रहनु, कुराबाट बुझ्नु, आत्महत्याको चिज हेर्नु, चुपचाप बस्नु, बच्चामा चिडचिडापनजस्ता कुराहरुबाट आत्महत्याको बाटोतर्फ गएको बुझ्न सकिन्छ ।

सहयोगी कसरी बन्न सकिन्छ ?

विज्ञका अनुसार, एक्लै नछाड्ने, कुराकानी गरिरहने, आफ्नोपनको आभाष दिलाउने, सिर्जनशिल हुने, सकारात्मकता ल्याउने, ध्यान तथा योग गर्ने र पारिवारिक सहयोग दिलाउन सकेमा आत्महत्या घटाउनमा सहयोग पुग्दछ । एजेन्सीको सहयोगमा गाउँ सहर डट कम ।

गाउँ सहर डेस्क

तपाईँको मत