वातावरण

विश्वभर हालसम्म ३ कराेड ६७ संक्रमित, १० लाख ६६ हजारकाे मृत्यु, २ कराेड ७६ लाख निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ८० लाख १३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ७६ लाख ६३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ६७ लाख ४४ हजार नाघेको छ भने मृतकको संख्या १० लाख ६६ हजार ८१९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६७ हजार ९५० जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७८ लाख ३३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ५० लाख २५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ९० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६९ लाख ३ हजार ८१२ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६ हजार ५२१ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५९ लाख ३ हजार २०४ जना निको भएका छन् । सक्रिय केस ८ लाख ९४ हजार २८४ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५० लाख २९हजार जना संक्रमितमध्ये ४४ लाख १४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४९ हजारभन्दा बढी छन् । 

नेपालमा भाइरस संक्रमित ९८ हजार ६१७ जना पुगेका छन् भने ७१ हजार ३३३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५९० पुगेको छ भने २६ हजार ६८४  जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत