स्वास्थ्य

विश्वभर २ कराेड ७४ लाख जना काेराेनामुक्त, १० लाख ६० हजारकाे मृत्यु, ६७ हजारकाे स्वास्थ्य गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७८ लाख ५४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ७४ लाख ८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ६३ लाख ९१ हजार नाघेको छ भने मृतकको संख्या १० लाख ६० हजार ४४३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६७ हजार ४२६ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७७ लाख ७६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४९ लाख ८३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ७६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६८ लाख ३२ हजार ९८८ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५ हजार ५५४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५८ लाख २४ हजार ४६२ जना निको भएका छन् । सक्रिय केस ९ लाख २ हजार ९७२ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५० लाख २ हजार जना संक्रमितमध्ये ४३ लाख ९१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४८ हजारभन्दा बढी छन् । 

नेपालमा भाइरस संक्रमित ९४ हजार २५३ जना पुगेका छन् भने ६८ हजार ६६८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५७८ पुगेको छ भने २५ हजार ७ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत