स्वास्थ्य

फ्लू र कोरोनामा फरक : ८७% कोरोना संक्रमितमा गन्ध-स्वाद थाहानपाउने, चार लक्षण फ्लूभन्दा एकदमै अलग

काठमाडौँ । मौसम परिवर्तन भइरहेको छ, गर्मीबाट जाडोको मौसम प्रवेश गर्दैछ । चिसोसँगै अनेकन रोगहरु देखा पर्दछन् । ज्वरोलगायत अन्य फ्लू हुने सम्भावना बढी हुन्छ । झनै काेराेनाकालले हामीलाई अत्याएकाे छ ।

सामान्य फ्लू र कोरोनामा धेरै फरक छ तर सामान्य लक्षण भने एकैजस्तो हुन्छ । यसकारण धेरैमा रोग छुट्याउन दोधार हुने गर्दछ । विज्ञका अनुसार केहि कुराको अन्तरबाट पहिचान गर्न सकिन्छ । फेरी अर्कोतिर बच्चामा कोरोनाको लक्षण ठूलाको तुलनामा फरक पनि हुन सक्छ भनेर मत राखेका पनि छन् ।

कोरोना र फ्लूमा के अन्तर छ ?

विज्ञले निम्न तीन कुराबाट कोरोना र फ्लू छुट्याउन सकिने बताएका छन् ।

  1. यदि तपाईं कोरोनाको चपेटामा आउनुभएको छ भने तपाईंलार्य उच्च ज्वरो आउनेछ । साथै जाेर्नीमा दुखाई पनि महशुष हुनेछ ।
  2. सामान्य फ्लूमा केवल पुरै शरीरमा मात्र दुखाई हुन्छ, ज्वरो पनि हल्का हुन्छ । कोरोनामा सुक्खा खोकी आउँछ, जबकि फ्लूमा कपसँगै खोकी आउने गर्दछ । तर कमजोरी भने दुबैमा हुन्छ ।
  3. कोरोनाको मुख्य लक्षण यो हो कि रोगीमा सुँघ्ने र गन्ध थाहा नपाउनु । तर सामान्य फ्लूमा मुखको स्वादमात्र बिग्रन्छ अरु खराब हुँदैन । अनुसन्धानले ८७% कोरोना पीडितको स्वाद र गन्ध लिने क्षमता हराउने बताएको छ ।

विज्ञका अनुसार, कोरोना संक्रमितमा कयौँ पटक यस्ता लक्षण पनि देखापरेका छन् जस्तैः टाउको दुख्ने, ओठ निलो हुने । यसको अलवा विर्सने पनि देखिएको छ ।

बच्चामा कोरोनाको लक्षण कसरी थाहा पाउने ?

० देखि ५ वर्ष सम्मका बच्चा बोल्न सक्दैनन् तर अनुभव साझा भने गर्न सक्छन् । यसकारण अभिभावकले बच्चाले श्वास फेर्नमा कठिनाइ महशुष गरे, सुतेर उठ्दा विर्सिएजस्तो गरे, ज्वरो आए, शरीरको भाग सुन्निए चिकित्सकको परामर्श लिनु जरुरी छ ।

कोरोना र फ्लूबाट बच्नको लागि के गर्ने ?

  1. दिनमा पटक पटक हात धुने ।
  2. दुरी कायम गर्ने ।
  3. मास्क लगाइराख्ने ।

चिकित्सकले सम्भव भए घरमा पल्स अक्सीमिटर र रगतमा अक्सिजनको मात्रा जान्नको लागि फिंगरप्रिन्ट डिभाइस राख्नुपर्ने बताएका छन् । यदि रिडिङ्ग ९२ भन्दा कम भए तुरुन्त डाक्टरसँग सम्पर्क गर्नु पर्दछ । यसो गर्दा कोरोना र सिजनल फ्लू दुबैबाट बच्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत