विश्व

कडा राष्ट्रपति : हस्पिटलबाट फर्केलगत्तै ट्रम्प ह्वाइट हाउसमा, मास्क हटाउँदै भने- कोरोनासँग डराउनु पर्दैन

वाशिंगटन । तीन दिन अघि कोरोना पोजेटिभ भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपचारपछि सोमबार राति हस्पिटलबाट ह्वाइटहाउस पुगे । ह्वाइट हाउस पुगेपछि उनले मास्क हटाएर भने, ‘कोरोनासँग डराउनु पर्दैन । डाक्टरले मेरो राम्रो उपचार गरे ।’

ट्रम्पसमेत १५ अधिकारी र सांसद काेराेनाबाट संक्रमित भएका थिए ।

केहि मिडिया रिपोर्टमा भनिएको छ कि ट्रम्पले १५ अक्टूवरमा हुने दोस्रो राष्ट्रपतिय वहसमा भाग लिन सक्छन् । तर यो सम्बन्धमा ह्वाइटहाउसको तर्फबाट कुनै औपचारिक पुष्टि भएको भने छैन ।

तीन दिन पछि ट्रम्प ह्वाइट हाउस पुगेका थिए । उनका व्यक्तिगत चिकित्सक डा. सीन कोनका अनुसार— खतरा टलेको छैन । राष्ट्रपतिले सावधानी अपनाउनै पर्छ । उपचार जारी रहने छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत