विश्व

धेरै देशमा अहिले महामारीको दोस्रो लहर, १०% मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुनसक्ने : डब्लुएचओ

  • एजेन्सी
  • २० असोज मंगलबार, २०७७ | १०:१२:०० मा प्रकाशित

जेनेभा । विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठकमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताइएको हो ।

संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेको भन्ने रहेको उच्च अधिकारीले बताएका छन् ।

डब्लुएचओका अनुसार विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । तर संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लुएचओको अनुमान छ ।

विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा अधिक रहेको बताउँदै आएका छन् ।

महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन । धेरै देशमा अहिले महामारीको दोस्रो लहर देखिएको छ ।

एजेन्सी

तपाईँको मत