स्वास्थ्य

काेराेनाबाट विश्वभर मृत्यु हुनेकाे संख्या १० लाख ४५ नाघ्याे, ६६ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७७ लाख ८४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ६८ लाख ६५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ५६ लाख ९५ हजार नाघेको छ भने मृतकको संख्या १० लाख ४५ हजार ८९२ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६६ हजार ८८३ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७६ लाख ७९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४८ लाख ९५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ६९ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६६ लाख ८२ हजार ७३ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३ हजार ६०० जनाको ज्यान गइसकेको छ । जसमध्ये ५६ लाख ५९ हजार ११० जना निको भएका छन् । सक्रिय केस ९ लाख १९ हजार ३६३ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ४९ लाख ४० हजार जना संक्रमितमध्ये ४२ लाख ९५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४६ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित ८९ हजार २६३ जना पुगेका छन् भने ६५ हजार २०२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५५४ पुगेको छ भने २३ हजार ५०७ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत