जीवनशैली

कोरोनाकालमा जति सक्नुहुन्छ हाँस्नुहोस्, यहि मुस्कानले तपाईंलाई डिप्रेशनबाट बाहिर निकाल्दछ

काठमाडौँ । अनुसन्धान भन्छ— जब हामी हाँस्छौँ तब अनुहारको मांसपेशी तन्कन्छ । यसको असर मस्तिष्कसम्म पुग्छ र हामी खुसी महशुष गर्दछौँ । यस्तो हुँदा दिमागले बढि मुस्कुराउन भन्छ । यहिँबाट मस्तिष्कको स्वास्थ्यमा सुधार हुन सुरु हुन्छ र मानिस आफैँलाई धेरै हल्का महशुष गर्दछ ।

कोरोनाकालमा अष्ट्रेलियाका वैज्ञानिकले पनि हाँस्न सल्लाह दिएका छन् । उनीहरुको भर्खरैको अनुसन्धान बताउँछ कि हाँस्दा मस्तिष्कमा सकारात्मक विचार आउँछ जसले शरीरमा थप शक्ति ल्याउने काम गर्दछ । अनुसन्धानमा वैज्ञानिकले यो दावी गरेका छन कि जब अनुहारको मांसपेशी तन्कन्छ तब भावनामा बदलाव हुन्छ । यसले नकारात्मकता हटाउँदै सकारात्मकता ल्याउँदछ ।

हिजो ‘वर्ल्ड स्माइल डे’, यहि मौकामा आउनुहोस स्माइलको कुरा गरौँ

अनुसन्धान बताउँछ कि हाँस्दा ब्लड प्रेशर, दुखाई, तनाव घट्नु र इम्यूनिटी पावर बढ्छ । अनुसन्धानकर्ताका अनुसार जो व्यक्ति हाँस्न सक्छ उ ७ वर्ष बढी बाँच्छ । अमेरिकी शोधकर्ता तथा साइकोलोजिस्ट डा. पाउला निएन्डथल भन्छिन्— एउटा बच्चा दिनमा औषत ४०० पटक हाँस्छ । दिनभरमा एडल्ड ४० देखि ५० पटक र ५० वर्ष पछ मानिस २० पटक हाँस्छ ।

कुरा गरौँ ‘वर्ल्ड स्माइल डे’ को

मेसाच्युसेट्सका आर्टिस्ट हार्वे बालले हाँस्ने दुनियाँको सबैभन्दा चर्चित स्माइल फेस बनाएका थिए । यो खुसी हुनेको एक सेम्बोल भयो । स्माइल फेसको व्यवसायिकता बढेको कारण हार्वे बालले एक दिन यसको नाम गर्ने निर्णय लिए । यसै कारण अक्टूबरको पहिलो शुक्रबार वर्ल्ड स्माइल डे नामाकरण भयो । पहिलो पटक यो डे सन् १९९९ मा मनाइएको थियो । यसपछि लगातार विश्वमा मनाइन्छ ।

मुस्कान मानिसको सबैभन्दा ठूलो हिस्सा

अमेरिकामा भएको एक सर्वेमा मानिसलाई शरीरको सबैभन्दा आकर्षक हिस्साको बारेमा सोधिएको थियो । सर्वेमा सहभागी बढि व्यक्तिको रोजाई स्माइल थियो । आँखा दोस्रो । ८६% महिलाले सुन्दर मुस्कान र दाँत बताएका थिए । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत