स्वास्थ्य

विश्वभर काेराेनाबाट १० लाख ३३ हजारकाे मृत्यु, ३ कराेड ४८ लाख संक्रमित, २ कराेड ५८ लाख जना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७९ लाख ३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ५८ लाख ९२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ४८ लाख २८ हजार नाघेको छ भने मृतकको संख्या १० लाख ३३ हजार २२६ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६६ हजार २८७ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७५ लाख ४९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४७ लाख ७६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ५८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६४ लाख ७१ हजार ९३४ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ८७५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५४ लाख २५ हजार ७७ जना निको भएका छन् । सक्रिय केस ९ लाख ४५ हजार ९८२ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ४८ लाख ८२ हजार जना संक्रमितमध्ये ४२ लाख ३२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४५ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित ८२ हजार ४५० जना पुगेका छन् भने ६० हजार ६९६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५२० पुगेको छ भने २१ हजार २३४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत