स्वास्थ्य

काेराेनाभाइरस संक्रमितमध्ये विश्वभरका २ करोड ५६ लाख निकाे, ६६ हजार जनाकाे स्वास्थ्य भने नाजुक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७७ लाख ८२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ५६ लाख ६६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ४४ लाख ७६ हजार नाघेको छ भने मृतकको संख्या १० लाख २७ हजार ६३१ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६५ हजार ७९ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७४ लाख ९४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४७ लाख ३६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ४५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६३ लाख ९१ हजार ९६० पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ९९ हजार ८०४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५३ लाख ४८ हजार ६५३ जना निको भएका छन् । सक्रिय केस ९ लाख ४३ हजार ५०३ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ४८ लाख ४९ हजार जना संक्रमितमध्ये ४२ लाख १२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४४ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित ७९ हजार ७२८ जना पुगेका छन् भने ५७ हजार ३८९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५०९ पुगेको छ भने २१ हजार ८३० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत