प्रेरणा

“ज्ञान प्राप्तिमा गरिएकाे लगानी कहिल्यै खेर जाँदैन र जोसँग धैर्यता हुन्छ, उसले हरेक कुरा पाउन सक्छ”

काठमाडौँ । बेन्जामिन फ्रेङ्कलिनको जन्म १७ जनवरी १७०६ मा अमेरिकामा भएको थियो । फ्रेङ्कलिनलाई अनेक विद्याको महारथी कहलाइन्छ । उनी लेखक, राजनीतिज्ञ, वैज्ञानिक, सामाजिक कार्यकर्ता थिए ।

उनले बिजुलीको ट्यूब, स्टोभ जस्ता कयौँ चिजको आविष्कार गरेका थिए । फ्रेङ्कलिनलाई संगीतको रुची थियो । उनले ग्लास हारमोनिक बनाएका थिए । फ्रेङ्कलिनका विचारहरु सबैका लागि प्रेरणादायी छन्, किनकी उनले सफल जीवनका अनेकन सूत्रहरु बताएका छन् ।

फ्रेङ्कलिनले पोस्टमास्टरको रुपमा पनि काम गरेका थिए । यहि कारण उनले अमेरिकामा पहिलो कम्यूनिकेशन नेटवर्क स्थापित गरेका थिए । उनको मृत्यु १७ अप्रिल १७९० मा भयो ।

फ्रेङ्कलिनका केहि अनमोल विचारहरुः

“तपाईं पर्खन सक्नुहुन्छ, तर समयले पर्खंदैन । सकिएको समय कहिल्यै आउँदैन । यसकारण समय बर्बाद नगर्नुहोस् ।”

“केहि यस्तो लेख्नुहोस जुन पढ्नलायक होस या केहि यस्तो गर्नुहोस जुन लेख्नलायक होस् ।”

“धीमी गतिले मित्र बनाउनु पर्छ र मित्र परिवर्तनमा त्योभन्दा कम गति राख्नु पर्दछ ।”

“आधा साँचो, प्रायः एक ठूलो झुट जस्तै हुन्छ । जोसँग धैर्यता हुन्छ, उसले हरेक कुरा पाउन सक्छ ।”

“यदि कुनै व्यक्ति आफ्नो धनलाई ज्ञानमा खर्च गर्दछ भने यस्तो ज्ञानलाई कसैले खोस्न सक्दैन, ज्ञान पाउनको लागि गरिएको लगानीले राम्रो फल दिन्छ ।”

गाउँ सहर डेस्क

तपाईँको मत