स्वास्थ्य

कोरोना निको भएपश्चात पनि असर सकिएन, हरेक १० मा एक विरामीमा साइडइफेक्ट

कोरोना रिकभरी पश्चात पनि हरेक १० मा एकजना यसको साइडइफेक्टसँग जुधिरहेका छन् । उपचारपछि विरामीमा थकान, गन्ध-स्वाद थाहा नपाउने, एकाग्रतामा कमी जस्ता लक्षणहरु देखिएका छन् । यो दावी दक्षिण कोरियामा भएको एक अध्ययनले गरेको छ ।

कोरोनाबाट निको भएका ९६५ मा गरिएको एक अनलाइन स्टडीले यस्तो बताएको छ । कोरियाको सेन्टर्स डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका अधिकारी क्वान जून-वूकका अनुसार— ९१.१% विरामीमा साइडइफेक्ट देखिएको छ ।

अनुसन्धानका अनुसार, २६.२% विरामीहरु अध्ययनमा केन्द्रित हुन सकिरहेका छैनन् । उनीहरुमा एकाग्रतामा कमी महशुष भइरहेको छ । यसको अलवा विरामीले गन्ध, स्वाद थाहा नपाउने र दिमागमा नराम्रो कुराहरु खेलिरहने समस्याबाट ग्रसित छन् ।

क्यूंगपूक नेशनल यूनिभर्सिटीका प्रोफेशर किन शिन-वू ले कोरोनाबाट रिकभर भएका ५७६२ विरामीमा १६% कोरोना सर्भाइभरबाट अनलाइन सर्वे गरियो, जसबाट यो नतिजा आयो ।

प्रो. क्वानका अनुसार— अनुसन्धान पूर्णतया अनलाइन गरिएको थियो । चाँडै यसको विश्लेषण पश्चात प्रकाशित गर्नेछौँ ।

दक्षिण कोरियाका १६ संस्थानहरूले मिलेर यो अध्ययन गरिरहेको छ जसमा विरामीमा देखिने साइडइफेक्टको असरलाई बुझाउने कोशिश गरिएको छ । अनुसन्धानमा विरामीको सिटी स्क्यान गरिरहेका छन् । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत