जीवनशैली

वाक, स्विमिङ्ग, डान्सिङ्ग जस्ता पाँच तरिका : जीवनभर मुटुलाई स्वस्थ राख्नुहोस्

काठमाडौँ । आज विश्व मुटु दिवस, मुटुलाई स्वस्थ राख्नको लागि शारीरिक सक्रियता अत्यन्तै जरुरी हुन्छ । वर्ल्ड हार्ट फेडरेशनका अनुसार, विश्वमा हरेक तीनमा एकजनाकाे हार्ट डिजीजकाे कारणा मृत्यु भइरहेकाे छ । फेरी याे काेराेनाकालमा त झनै २० प्रतिशत बढेकाे बताइएकाे छ ।

यसकारण दैनिक १५ मिनेटको वर्कआउटले हार्ट अट्याक तथा स्ट्रोकबाट बच्न सकिन्छ । अमेरिकन हर्ट एसोशिएसनका अनुसार, स्वस्थ मुटुको लागि हप्तामा ६ दिन ३०-३५ मिनेटको वर्कआउट काफी हुन्छ ।

वर्ल्ड हार्ट फेडरेशन हरेक वर्षको २९ सेप्टेम्बरमा "वर्ल्ड हार्ट डे" मनाउँछ । यसको उद्धेश्य नै मुटु रोगीको जागरुकता र खतराबाट बचाउनु मा केन्द्रित हुन्छ । उनीहरुका अनुसार मुटु स्वस्थ राख्नको लागि फिटनेशको प्लान गर्नुपर्ने बताउँछन् । 

१. दैनिक ३०-४५ मिनेट वाक गर्नुहोस् ।
२. पिठ्यूँ र छटपटाहट भए २५-३५ मिनेट साइक्लिङ्ग गर्नुहोस् ।
३. हप्तामा अढाइदेखि तीन घण्टाको स्विमिङ्ग गर्नुहोस् ।
४. डान्सिङ्ग पनि एरोबिक भन्दा कम छैन ।
५. जगिङ्ग गर्नुहोस् ।

यति कुरा गर्न सकियो भने हामी मुटुको रोग लाग्नबाट बच्न सक्छौँ र लागेकामा पनि कम गर्दै स्वस्थ जीवन जिउन सक्छौँ ।

गाउँ सहर डेस्क

तपाईँको मत