स्वास्थ्य

विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये २ कराेड ४८ लाख जना निकाे, मृत्यु हुने १० लाख नाघे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७६ लाख ६५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ४८ लाख ७८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ३५ लाख ४९ हजार नाघेको छ भने मृतकको संख्या १० लाख ६ हजार ३७९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६५ हजार ३१८ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७३ लाख ६१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४६ लाख ९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ४२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६१ लाख ४३ हजार १९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ९६ हजार ३५१ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५० लाख ९८ हजार ५७३ जना निको भएका छन् । सक्रिय केस ९ लाख ४८ हजार ९५ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ४७ लाख ४८ हजार जना संक्रमितमध्ये ४० लाख ८४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४२ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित ७४ हजार ७४५ जना पुगेका छन् भने ५४ हजार ६४० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४८१ पुगेको छ भने १९ हजार ६२४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत