स्वास्थ्य

विश्वभर काेराेना संक्रमितबाट मृत्यु हुनेकाे संख्या १० लाख नाघ्याे, ६५ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७६ लाख ६६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ४६ लाख ३४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ३३ लाख ३ हजार नाघेको छ भने मृतकको संख्या १० लाख २ हजार ३८३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६५ हजार ११४ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७३ लाख २१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४५ लाख ६० हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ५१ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६० लाख ७३ हजार ३४८ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ९५ हजार ५७४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५० लाख १३ हजार ३६७ जना निको भएका छन् । सक्रिय केस ९ लाख ६४ हजार ४०७ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ४७ लाख ३२ हजार जना संक्रमितमध्ये ४० लाख ६० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४१ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित ७३ हजार ३९४ जना पुगेका छन् भने ५३ हजार ८९८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४७७ पुगेको छ भने १९ हजार १९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत