स्वास्थ्य

धूमपानबाट हरेक वर्ष २० लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

काठमाडौँ । सिगरेट वा तम्बाकूले फोक्सो मात्र होइन मुटुलाई पनि खराब गरिरहेको छ । धूमपानका कारण हुने हृदय रोगका कारण संसारमा हरेक वर्ष २० लाख मानिसको ज्यान गइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भर्खरै प्रकाशन गरेको प्रतिवेदनमा यो कुरा बताएको छ । उसले भनेको छ— मुटु रोगबाट हुने हरेक पाँच मृत्युको कारण धूमपान हो । पछिल्लो समय यसका केशहरु बढिरहेका छन् ।

रिपोर्टमा डब्लूएचओले भनेको छ— कोरोनरी हर्ट डिजीजमा हुने मृत्युमध्ये २० प्रतिशतको मृत्यु धूमपानको अधिक सेवन कारण रहेको छ । सिगरेट वा तम्बाकू धेरै प्रयाेगका कारण मुटु रोगीको संख्या लगातार बढिरहेको छ ।

हुन त विज्ञले पटकपटक भनिनैरहेका छन कि सिगरेट वा तम्बाकू छाडेमा रोगको खतरा ५० प्रतिशत घट्ने छ । उनीहरुले इ-सिगरेटले पनि असर गर्ने बताइरहेका छन् । यसले उच्च रक्तचापलाई अनियन्त्रित गर्ने उनीहरुको भनाई छ ।

अहिलेसम्म गरिएका अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ कि उच्च रक्तचाप र मुटु रोगसँग संघर्ष गरिरहेका व्यक्तिहरु कोरोनाको उच्च जाेखिम क्षेत्रमा छन् । यदि यस्ता रोगीमा संक्रमण भएमा खतरा झनै बढ्ने डब्लूएचओको इटलीको सर्वेबाट पुष्टि हुन्छ ।

डब्लूएचओको रिपोर्ट अनुसार— संसारभर यस्ता व्यक्तिहरुको संख्या बढिरहेको छ जो दिनमा एक सिगरेट पिउँछन वा कसैले सल्काएकोमा साझा गर्छन् । उनीहरुलाई लाग्छ कि यसबाट खतरा कम हुन्छ । यो गलत हो । यहि कारण हर्ट र लङ्ग्ससँग जोडिएका रोग युवामा कम उमेरमै भइरहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत