स्वास्थ्य

कोरोना भ्याक्सिनमा अर्को खुसीको खबर, ‘जोनसन एण्ड जोनसन’ कम्पनीले बढायो आशा

तस्बिरः दि न्यूयाेर्क टाइम्स ।

काठमाडौँ । कोरोनाभाइरस भ्याक्सिनको दौडमा अर्को नाम थपिएको छ । जोनसन एण्ड जोनसन कम्पनीले यो घोषणा गरेको छ कि उनीहरुले क्लिनिकल ट्रायल्सको अन्तिम चरणको सुरुवात गरेका छन् ।

कम्पनी अमेरिकामा भ्याक्सिन निर्माण गर्ने तेस्रो कम्पनी हो । उ दोस्रा भ्याक्सिन कम्पनीभन्दा केहि महिना पछाडि चलिरहेको छ । तर, जोनसन एण्ड जोनसनले भ्याक्सिन क्लिनिकल ट्रायल्समा ६० हजार व्यक्तिलाई सहभागी गराउने छ । कम्पनीका अनुसार, वर्षको अन्त्यसम्म बताउन सकिन्छ कि भ्याक्सिनले काम गर्नेछ या छैन !

बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरमा भायरोलोजिष्ट डाक्टर डेन बरुचले भने— हामीलाई कयौँ भ्याक्सिनको जरुरत छ । संसारमा ७०० करोड व्यक्ति छन र कोहि एक्लैले यतिविघ्न भ्याक्सिन उत्पादन गर्न सक्दैन ।

कम्पनीका चीफ साइन्टिफिक अफिसर डाक्टर पाल स्टोफल्सले पत्रकार सम्मेलनको समयमा भने— जोनसन एण्ड जोनसनको फेज ३ ट्रायल सोमबारबाट सुरु हुनेछ । उनले थप भने— कम्पनीले चाँडै नै अघिल्ला परीक्षणका तथ्याँकलाई अनलाइनमा पोस्ट गर्नेछ ।

यो भ्याक्सिनमा के छ खास् ?

जोनसन एण्ड जोनसनले कोरोनाभाइरसबाट जिन लिएर ह्यूमन सेलसम्म पुर्याउनको लागि एडीनोभाइरसको प्रयोग गरेको छ । यसपछि सेल कोरोनाभाइरस प्रोटिन्स बनाउँछ, न कि कोरोनाभाइरस । यहि प्रोटिन पछि गएर भाइरससँग लड्नमा प्रतिरोधात्मक प्रणालीलाई सहयोग गर्नेछ ।

एडीनोभाइरसको काम भ्याक्सिनलाई चिसो राख्नु हुन्छ तर यसलाई जमाउनु भने पर्दैन । जबकि, यो समय भ्याक्सिनका दुइ ठूला उम्मेद्वार मोडेर्ना र फाइजर एमआरएनए जेनेटिक मेटेरियलमा निर्भर छन् । यी कम्पनीको भ्याक्सिनलाई फ्रिजमा राख्नुपर्दछ, जसको कारण यसको वितरण मुश्किल हुन सक्छ । विशेषगरी त्यहाँ जहाँ मेडिकल सुविधा हुँदैन ।

वेस्ट भर्जिनिया यूनिभर्सिटीमा मेडिसिनमा अनुसन्धानका भाइस चेयर वुमन डाक्टर ज्यूडिथ फिनबर्गले भनिन्— कसैलाई थाहा छैन कि चरण-३ ट्रायल्ससम्म सिंगल डोज काम गर्नेछ या छैन, तर यदि यस्तो भए द्रूतगतिमा महामारी रोक्नमा मद्यतकारी हुनेछ । उनले भनिन्, ‘यहाँ असली मुद्धा समय हो । हामीलाई छिट्टोगरी धेरैमा भ्याक्सिन लगाउनु छ ।’

एक डोज कसरी हुन्छ फाइदाजनक् ?

जनावरमा उत्कृष्ट नतिजा प्राप्तिपछि जोनसन एण्ड जोनसनले मानिसमा सानो अध्ययन गर्यो । डाक्टर स्टाफलले भने— ३९५ व्यक्तिको विश्लेषणमा कुनैपनि गम्भीर साइडइफेक्ट देखिएन ।

स्टाफल भन्छन्, ‘यतिमात्र होइन यी व्यक्तिमा एक डोज पछि नै उत्कृष्ट मात्रामा एन्टिबडी तयार गर्यो । मानिसमा लामो समयसम्म सुरक्षित रहनको लागि सिंगल डोज नै काफी हुनसक्छ ।’

अन्य कम्पनीभन्दा ठूलो स्तरमा हुनेछ चरण-३ परीक्षण

जोनसन एण्ड जोनसन कम्पनी अमेरिका, अर्जेन्टिना, ब्राजील, चिली, कोलम्बिया, मेक्सिको, पेरु र दक्षिण अफ्रिकाका १८ वर्षदेखि माथिका ६० हजार व्यक्तिमा परीक्षण गर्ने विचारमा छ ।

यो परीक्षण भ्याक्सिन कम्पनी मोडेर्नाको तुलनामा दुइगुणा बढी हो । यहि महिना फाइजरले आफ्नो ट्रायललाई ४४ हजारमा बढाउने घोषणा गरेको थियो । पहिले यसको आंकडा ३० हजार थियो ।

डाक्टर बरुच भन्छन्— ठूलो स्तरको परीक्षणबाट भ्याक्सिनको सुरक्षा बारेमा थप थाहा हुनेछ कि यसको प्रभावकारीता कति हुनेछ भन्ने । तर उनले स्पष्टसँग भनेका छन कि फेज-३ को गते तय गरिएको छैन । यदि परीक्षण यस्तो स्थानमा हुनेछ, जहाँ केश छ भने पर्याप्त व्यक्तिमा कोभिड-१९ हुन समय लाग्नेछ । भ्याक्सिनको प्रभाव थाहा पाउनको लागि यो अत्यन्तै जरुरी छ । न्यूयोर्क टाइम्सको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत