स्वास्थ्य

विश्वभर ३ करोड २७ लाख काेराेना संक्रमितमध्ये २ करोड ४१ लाख जना निकाे, ९ लाख ९३ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७५ लाख ९३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ४१ लाख ७१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड २७ लाख ५८ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख ९३ हजार ४१३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६३ हजार ७८८ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७२ लाख ४४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४४ लाख ८० हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ५५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५९ लाख १ हजार ५७१ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ९३ हजार ४१० जनाको ज्यान गइसकेको छ । जसमध्ये ४८ लाख ४६ हजार १६८ जना निको भएका छन् । सक्रिय केस ९ लाख ६१ हजार ९९३ जनामध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ७० हजार ६१४ जना पुगेका छन् भने ५१ हजार ८६६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४५९ पुगेको छ भने १८ हजार २८९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत