स्वास्थ्य

विश्वभर काेराेना भाइरस सक्रिय संक्रमित ७४ लाखमध्ये ६३ हजार जनाको अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७४ लाख ९५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ३९ लाख २४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड २४ लाख ७ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख ८७ हजार ६९७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६३ हजार ३३३ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७१ लाख ८५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४४ लाख ३७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ४० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५८ लाख १६ हजार १०३ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ९२ हजार ३१६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४७ लाख ५२ हजार ९९१ जना निको भएका छन् । सक्रिय केस ९ लाख ७० हजार ७९५ जनामध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ६९ हजार ३०१ जना पुगेका छन् भने ५० हजार ४११ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४५३ पुगेको छ भने १८ हजार ४३७ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत