स्वास्थ्य

‘किडनी र कोरोना कनेक्शन’- फेल हुनबाट बच्नको लागि के गर्ने ?

कोरोनाका विरामीमा किडनी डेमेज हुने वा संक्रमण हुने केश आउन सक्छन् । अमेरिकामा भएको अनुसन्धानबाट यो कुरा आएको छ कि विरामीमा कोरोना संक्रमण फैलँदा किडनीमा नराम्रो असर भएको छ ।

अमेरिकन सोसाइटी अफ नोफ्रोलोजी जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार— कोरोनाका विरामीमा विशेष प्रकारको सुपार प्रोटिन (सोल्यूबल यूरोकाइनेज रिसेप्टर) बढेको पाइयो जुन किड्नीमा संक्रमणको कारण बन्यो ।

मिशिगन यूनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार—एचआईभी र कोरोनाजस्तै आरएनए भाइरसको संक्रमणपछि शरीरमा सुपार प्रोटिन बढ्दछ । विस्तारै विस्तारै यो रगतमा घुल्न थाल्छ । यदि यसले शरीरमा सूजन बढ्छ भने किडनीको कोशिका डेमेज गर्न सक्छ ।

३५२ कोरोना पीडितमा भएको अनुसन्धानबाट यो नतिजा आयो कि एक चौथाई विरामीमा यो प्रोटिनको लेभल ६०% भन्दा बढि थियो । यी विरामी एक्यूट किडनी इन्जरीसँग जुधिरहेका थिए ।

अनुसन्धानकर्तालाई भन्नुछ— जुन विरामीमा सुपार प्रोटिनको स्तर धेरै बढ्यो उनीहरुमा डायलिसिसको जरुरत २० गुणासम्म बढ्यो । यो प्रोटिन इन्डिकेटरजस्तै कम गर्दछ जो बताउँछ कि कोरोनाका विरामीमा किडनीको खतरा बढ्छ या बढ्दैन । यसले कोभिडको उपचार गर्नेलाई मद्यत गर्दछ । विशेषगरी उनीहरुको, जसमा संक्रमण हाइ रिस्क जोनमा छन् ।

किडनी फेल हुनबाट कसरी बच्ने ?

  • सीडीसीका अनुसार, ब्लड प्रेसर १४०÷९० भन्दा कम राख्ने । कम नुन भएका खानेकुरा खाने । फलफूल र तरकारी बढी खाने । डाक्टरको सल्लाहनुसार दवाई खाने ।
  • यदि तपाईंको किडनी फेल भएको छ भने तपाईंलाई डायलिसिस ट्रिटमेन्टको आवश्यकता पर्दछ । यस्तो अवस्थामा किड्नीलाई स्वस्थ राख्नको लागि जाँच गराउनु पर्दछ र सुरुवातबाटै उपचार गर्नुपर्दछ ।
  • यदि तपाईंलाई डायबिटीज छ भने हरेक वर्ष ब्लड र यूरिन जाँच गराउनुहोस् । सक्रिय रहन अभ्यास गर्नुहोस् । ब्लड सुगर लेभललाई नियन्त्रणमा राख्नुहोस् ।
  • मोटोपनाको शिकार हुनुहुन्छ भने तौल घटाउनुहोस् । डाइट सन्तुलित गर्नुहोस र व्यायामलाई बढाउनुहोस् ।
  • हेल्थ केयर टिमसँग नियमित सम्पर्कमा बस्नुहोस् । किडनी डाइटलाई फलो गर्नुहोस् । यदि तपाईं डायलिसिसमा हुनुहुन्छ भने क्लिनिकमा सम्पर्क गर्नुहोस र कुनैपनि ट्रिटमेन्ट नछाड्नुहोस् । एजेन्सीको सहयोगमा
     

गाउँ सहर डेस्क

तपाईँको मत