जीवनशैली

इयरफोन धेरै प्रयोग गर्नुहुन्छ ? सावधान !

काठमाडौँ । इयरफोन लामो समय प्रयोग गर्ने प्रवृत्ति विश्वमै बढिरहेको छ । नेपालपनि यो मामलामा अछूतो छैन । बाटोमा हिँड्दा होस वा गाडीमा यात्रा गर्दा इयरफोन घाँटीमा झुन्ड्याइएको देख्न सकिन्छ । घण्टौँसम्म गीत सुन्नु वा फिल्म हेर्ने बानी बढिरहेको छ । तर सावधान ! यस्तो गर्नुहुन्छ भने तपाईंको सुन्ने क्षमता घट्न सक्छ ।

कोरोनाकालमा यो विषयलाई गम्भीरताका साथ लिँदै यसको प्रयोग गर्नुपर्ने देखिएको छ । कसैको इयरफोन प्रयोगको कुरा त परै जाओस, नछुनुहोस् । इयरफोन प्रयोग गर्नुहुन्छ भने निम्न कुरा ध्यान दिनुहोस् ।

  • इयरफोनको लगातार प्रयोग नगर्नुहोस् ।
  • सेनिटाइज गरेपछि मात्र प्रयोग गर्नुहोस् ।
  • ४०% भन्दा कममै भोल्यूम राख्नुहोस् ।
  • बेला बेलामा स्पीकरको प्रयोग गर्नुहोस् ।
  • इयरफोन राम्रै गुणस्तरको मात्र प्रयोग गर्नुहोस् ।

तर, यात्राको समयमा बाहिरको आवाजले डिस्टर्व मान्दै ठूलो भोल्यूममा गीत वा फिल्म हेर्ने काम बिल्कूलै नगर्नुहोस् । ठूलो भोल्यूमले तपाईंको कानका जालीसँगै दिमागमा गम्भीर असर पर्न सक्छ । यसकारण सावधान !

गाउँ सहर डेस्क

तपाईँको मत