प्रेरणा

‘विरोधीलाई मौन रहेर पनि पराजित गर्न सकिन्छ’

काठमाडौँ । रिस यति खतरनाक छ जसको कारण कयौँ समस्याहरुको शिकार हुनुपर्दछ । रिसमा बोलिएको शब्दको कारण घरपरिवारसँगै समाजबाट पनि अपमानित हुनुपर्ने हुनसक्छ । यदि कोहि हाम्रो नराम्रो गर्छ भनेपनि शान्त रहनु पर्दछ । हाम्रो मौनताले विरोधीलाई पराजित गर्न सक्छौँ ।

यसैसँग रहेर एउटा लोककथा प्रचलित छ ।

प्राचिन कालमा एक सन्त जहिल्यै शान्त रहन्थे । कहिल्यैपनि कसैसँग रिस गर्दैनथे । अरुलाई पनि यहि सल्लाह दिन्थे । धेरै मानिसहरु उनको प्रवचन सुन्न त्यहाँ पुग्दथे । कहिलेकाहिँ मानिसहरु उनलाई झुटा र पाखण्डी भन्दथे । तर उनी केहि भन्दैनथे । सन्तको शान्त व्यवहारकै कारण उनले ख्याती कमाएका थिए ।

एक व्यक्तिले सन्तलाई रिस उठाउने बारे सोचे । उसले गाउँका मानिसहरुलाई भने कि उनी सन्तलाई झुट सावित गर्नेछन् । उनी सन्तको आश्रममा पुगे र सन्तलाई नराम्रो गाली दिए । केहि समयमा गाउँका मानिसहरु पनि त्यहाँ भेला भए ।

ती व्यक्तिले भन्न थाले- सन्त होइन चोर हुन् । दैनिक राती चोरी गर्ने र विहान साधु बन्ने नाटक गर्दछन् । म यीनि र यीनका परिवारलाई राम्ररी चिन्दछु । यीनका सबै परिवार चोर हुन् । ती व्यक्तिले पटक पटक सन्तलाई नराम्रो भनिरहेका थिए, तर सन्त चुपचाप उनको कुरा सुनिरहेका थिए ।

धेरैबेर बोेलेपछि ती व्यक्ति थाके । सन्तले उसलाई एक गिलास पानी दिए र भने, बोल्दा बोल्दा तिमी थाक्यौ, तिमीलाई प्यास लागेको होला, यो पानी पिउ ।

सन्तको त्यो व्यवहार देखेर ती व्यक्तिलाई लज्जाबोध भयो । तुरुन्तै सन्तसँग क्षमा माग्न थाले । सन्तले उनलाई भने- भाई तिमी जे बोलिरहेका थियौ, मैले त्यसमा ध्यानै दिइन । मैले ती कुरा ग्रहण नै गरिन जुन तिमी बोलिरहेका थियौ । सन्तको कुरा सुनेर ती व्यक्तिले बुझे कि सन्तले साँच्चै क्रोधलाई जिते । यीनि साँच्चै सन्त हुन् ।

शिक्षाः यो कथाको शिक्षा- यदि हामीले रिसलाई काबूमा राखेमा र अर्काको नराम्रो कुरामा ध्यान नदिएमा हामी साँच्चै क्रोधबाट बच्न सक्छौँ । मौन बसेर पनि विरोधीलाई चुप गराउन सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत