स्वास्थ्य

चिसाे मौसम नजिकँदै गर्दा वैज्ञानिकको चेतावनी, यदि फ्लू र कोरोना एकसाथ भए मृत्यु दुइगुणा

काठमाडौँ । वैज्ञानिकले आउने जाडो मौसमलाई लिएर चेतावनी जारी गरेका छ । उनीहरुका अनुसार, यदि कोरोना र फ्लू एकसाथ भए मृत्युको खतरा दुइगुणा बढ्न सक्छ ।

पब्लिक हेल्थ इङ्गल्याण्डको रिपोर्ट भन्छ— २० जनवरीदेखि २५ अप्रिलबीच इङ्गल्याण्डमा ५८ यस्ता केश दर्ता भएका छन । यी विरामी फ्लू र कोभिड-१९ बाट जुधिरहेका थिए । यसमा कोरोनाबाट मृत्यु हुने विरामीको तथ्यांक २७% थियो भने फ्लूको चपेटामा आएका ४३% को मृत्यु भयो ।

अनुसन्धानकर्ताका अनुसार, फ्लूको संक्रमण प्रायः चिसोमा हुन्छ । कोभिड-१९ को बारेमा अहिले नै भन्न मुश्किल छ क यो सिजनल विरामी हो भनेर । दुबैका लछण मिल्दछन् । यसकारण बिनाजाँच छुट्याउन मुश्किल हुन्छ । यसकारण चिसोको मौसममा पनि सावधान रहनु जरुरी छ ।

अनुसन्धानकर्ताका अनुसार, यदि चिसो मौसममा फ्लूबाट बचाउन सकिएन भने विरामीको संख्या धेरै बढ्नेछ । भिड बढेपछि कोरोनाकै विरामी हो या फ्लू हो छुट्याउन गाह्रो पर्दछ ।

उनीहरुका अनुसार, फ्लूको भाइरस खोक्दा, हाच्छिउँ गर्दा फैलन्छ भने कोभिड-१९ पनि यस्तै हुन्छ । फ्लूका विरामी करिब १ हप्तामा ठिक हुन्छन भने कोरोनासँग जुधिरहेकाहरु रिकभरी हुन लामो समय लाग्छ ।

यसकारण चिकित्सकहरुले यो समयमा यस्ता समस्या देखिए आफैँ आइसोलेट गर्नुपर्ने बताउँछन् । आफू सुरछित भए अरुमा सर्न पाउँदैन र दुबैको जोखिम कम हुने उनीहरु बताउँछन् । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत