स्वास्थ्य

काेराेना संक्रमितमध्ये विश्वभर हाल ७४ लाख जना उपचाररत, २ कराेड ३३ लाख जना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७४ लाख ९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ३३ लाख ८६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड १७ लाख ७१ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख ७५ हजार ३१० पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ९९ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७० लाख ९७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४३ लाख ४६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ४६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५६ लाख ४० हजार ४९६ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ९० हजार २१ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४५ लाख ८१ हजार ८२० जना निको भएका छन् । सक्रिय केस ९ लाख ६८ हजार ६५५ जनामध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ६६ हजार ६३२ जना पुगेका छन् भने ४८ हजार ६१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४२९ पुगेको छ भने १८ हजार १४२ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत