विश्व

डब्लूएचओले अगूवाई गरेको कोरोना भ्याक्सिनको आपूर्ति र वितरणमा १५६ देश, चीन र अमेरिका समावेश छैनन्

  • एजेन्सी
  • ६ असोज मंगलबार, २०७७ | १६:१३:०० मा प्रकाशित

वाशिङ्गटन् । डब्लूएचओले भविश्यमा तयार गर्ने कोरोना भ्याक्सिनको आपूर्ति र वितरणको प्रारुप तयार गरेको छ । यसलाई कोभेक्स स्कीम नाम दिएको छ । योजनामा संसारका १५६ देश जोडिसकेका छन् । यसमा संसारका ६४ व्यक्तिगत लगानी र आर्थिक रुपमा बलिया देश पनि सामेल छन् । तर, चीन र अमेरिका यो तालिकामा समावेश छैनन् ।

डब्लूएचओले यसको लागि अन्तर्राष्ट्रिय स्तरमा भ्याक्सिनको वितरण गर्ने संस्था गावीसँग मिलेर काम गर्नेछ । यो योजनाको माध्यमबाट यहाँसम्म गरिने छ कि भ्याक्सिन पुर्याउने र यसको वितरणसम्म कुनैपनि गडबडी नहोस् । डब्लूएचओका निर्देशक ट्रेडोस ग्रेबेसियसले सोमबार यो योजनाको घोषणा गरे । उनले भने— यो कुनै दान होइन तर यो सबै देशको हितमा छ ।

एजेन्सी

तपाईँको मत