स्वास्थ्य

हालसम्म विश्वभर ७४ लाख जनामा काेराेना भाइरस सक्रिय, ६१ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७४ लाख १ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ३१ लाख ८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड १४ लाख ७९ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख ६९ हजार २२५ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ८०५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७० लाख ४६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४२ लाख ९९ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५५ लाख ६० हजार १०५ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ८८ हजार ९६५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४४ लाख ९४ हजार ७२० जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ६५ हजार २७६ जना पुगेका छन् भने ४७ हजार २३८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४२७ पुगेको छ भने १७ हजार ६११ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत