स्वास्थ्य

‘कोरोना जितेँ भनेर हेलचेक्राइँ नगर्नुहोस्, पछि मुटुको समस्या हुनसक्छ’

{“तीन” आश्चर्यजनक अनुसन्धान}

काठमाडौँ । कोरोनाभाइरसलाई लिएर संसारभरमा अनेकन अनुसन्धानहरु भइरहेका छन र हरेकले फरक-फरक दावी गरिनैरहेका छन् । विभिन्न अनुसन्धानमध्ये आश्चर्यजनक अनुसन्धान भर्खरै आएको छ । यस्तै अनुसन्धान अस्ट्रेलियाका वैज्ञानिकले गरेका छन् । यो अनुसन्धानमा विशेष रक्त समूहमा कोरोना संक्रमणको खतरा कम रहेको बताएका छन् । यस्तै अमेरिकाको शीर्ष अनुसन्धानात्मक संस्था सीडीसीका निर्देशकले पनि कोरोनाबाट बच्नको लागि मास्कलाई भ्याक्सिनभन्दा प्रभावी बताएका छन् ।

आश्चर्यजनक तीन अनुसन्धान

१. अस्ट्रेलियामा करिब १० लाख व्यक्तिको डिएनएमा एक अनुसन्धान भएको छ । उनीहरुमा गरिएको अनुसन्धानबाट ओप्लस रक्त समूह भएकामा भाइरसको असर कम हुने निष्कर्श निकालिएको छ । योभन्दा पहिले हार्वर्डबाट पनि रिपोर्ट आएको थियो, तर त्यसमा भनिएको थियो कि ओप्लस रगत समूहमा कोरोना पोजेटिभ कम पाइएको थियो । तर सिभियरिटी र डेथ रेटमा बाँकीको तुलनामा कुनै फरक छैन । अन्य कयौँ देशमा पनि यसमा अनुसन्धान भइरहेको छ ।

२. अहिलेसम्म यो मानिरहेका थियौँ कि कोरोनाभाइरसले सबैभन्दा बढि फोक्सो प्रभावित गर्छ भनेर । तर यो अनुसन्धानबाट के नतिजा आएको छ भने भाइरसले मुटुलाई प्रभावित गर्दछ । युवामा मृत्यु तबमात्र हुन्छ जब उसको हृदयमा भाइरसले आक्रमण गर्दछ । उनीहरुको श्वास फेर्नमा समस्या हुन्छ । कोभिड-१९ बाट संक्रमित विरामी जब ठिक हुन्छन त्यसपछि उनीहरुको मुटुमा केहि समस्या आउन सक्छ । मुटुमा असर कोरोनाको समय या पछि पनि हुन सक्छ ।

३. जबसम्म कोरोनाको कुनै भ्याक्सिन वा प्रभावी उपचार आउँदैन तबसम्म मास्कको प्रयोग गर्नुपर्ने सल्लाह दिइरहिएको छ । मास्कलाई लिएर सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले मास्क लगाउने सल्लाह दिएका छन् । उनले सामाजिक दुरी र सुरक्षा बढाउनुपर्ने बताए । उनले भ्याक्सिनको चर्चा गर्दै उनले अहिलेसम्म परीक्षण मात्र भइरहेको हुनाले मास्कबाट ८० देखि ८५% सुरक्षित हुन सक्ने दावी गरे । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत