स्वास्थ्य

‘कोरोनाकालमा अल्जाइमर्सका विरामी संक्रमित भए स्मरणशक्ति गुम्ने खतरा’

काठमाडौँ । अल्जाइमर्स अर्थात विर्सने रोग । कोरोनाकालमा यदि तपाईं यो रोगसँग जुधिरहनुभएको छ भने कृपया सावधान ! तपाईंले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । नत्र संक्रमण सरेमा मेमोरी लस अर्थात स्मरणशक्ति गुम्ने खतरा हुनसक्छ ।

नेचर जर्नलमा प्रकाशित हालसालैको अनुसन्धान भन्छ— कोरोनाले मस्तिष्कलाई खराब गर्न सक्छ । भाइरस यहाँसम्म पुगेमा ब्रेन हेमरेज, स्ट्रोक र मेमोरी लस हुन सक्छ । यस्ता रोगीमा संक्रमण भएमा मेमोरी लस हुने खतरा बढि हुन्छ ।

अमेरिकाकाे न्यूरोलोजिस्ट मारला ब्रून्स भन्छन्— यदि अल्जाइमर्सका रोगीलाई आइसोलेशनमा राखेमा स्थिति झन बिग्रन सक्छ । एक्लोपनाले उनीहरुको स्मरणशक्ति थप कमजोर बनाउनेछ, यो ठूलो चुनौति हो ।

आज अल्जाइमर्स डे । यो मौकामा यो रोगको बारेमा हामीले जाने—बुझेका र विज्ञका केहि जानकारीलाई यहाँ समेट्ने प्रयास गरेका छौँ । 

१. अल्जाइमर्स के हो ?

यो एक न्यूरोलोजिकल डिसअर्डर हो जसले मस्तिष्कको कोशिकालाई नष्ट गर्दछ । यसको सिधा प्रभाव दिमागमा पर्छ । रोगीको निर्णय लिने शक्तिमा ह्रास गराउँछ । स्वभावमा परिवर्तन ल्याउँदछ र स्मरणशक्ति घट्दै जान्छ । बढ्दो उमेरसँगै रोगपनि बढ्दै जान्छ ।

२.कोरोनाकालमा कुन कुरामा ध्यान दिने ?

अल्जाइमर्सका रोगीले विशेष ध्यान दिनुपर्दछ । कोरोनाको यो विषम अवस्थामा झनै सतर्क रहनु पर्दछ । पहिलो कुराः बाहिर निस्कनबाट बच्नुपर्छ । दोस्रोः बाहिरी मानिससँग टाढै बस्नुपर्छ । तेस्रोः महामारीको खबरले डराउनु वा आत्तिनु हुँदैन । किनकी तनाव लिए त्यसको असर सिधै दिमागमा पर्छ जुन घातक हुन्छ । 

३. यो रोग कस्तो हुन्छ ?

यो रोग मस्तिष्कमा एक विशेष प्रकारको प्रोटिन बाट हुन्छ । यसले कोशिकालाई आपसमा जोड्न र त्योबीचमा हुने क्रियामा रोक्ने गर्दछ । यसले व्यक्तिले सन्तुलन गुमाउँछ । केहि व्यक्तिमा यो अनुवांशिक पनि हुन्छ । शारीरिक रुपबाट क्रियाशिल नरहँदा, मोटोपना, डायबिटीज, टाउकोमा चोट लाग्नु, सुन्ने शक्ति कमजोर हुनुजस्ता यो रोगका केहि कारणहरु हुन् ।

४. उपचार के छ ?

अहिलेसम्म यसको सटिक उपचार छैन । लक्षणका आधारमा यसको बारेमा पत्ता लगाउन सकिन्छ । यसको लागि चिकित्सकले मानसिक जाँच, सीटी स्क्यान, एमआरआइबाट मस्तिष्कमा हुने परिवर्तन र त्यसको कारण पत्ता लगाउन सकिन्छ । तर केहि दवाई र लक्षणमा सुधार गरेमा यसको असर कम गर्न भने सकिन्छ ।

५. यसले शरीरमा के असर पुर्याउँछ ?

चिकित्सकका अनुसार, घट्दो स्मरणशक्तिले विरामीमा कुनै किसिमको दुखाई पनि बताउनमा दिक्दार मान्दछन् । विरामी गम्भीर हुँदा भोजन निल्न, सन्तुलन बनाउन, आन्द्रा र पिसावसँग जोडिएका रोगहरुको खतरा हुन सक्छ ।

६. कसरी सुरु भयो अल्जाइमर्स डे ?

अल्जाइमर्सको पहिलो केश ३ नोभेम्बर १९०६ मा जर्मन मनोरोग विशेषज्ञ डा. अलोइस अल्जाइमरले पत्ता लगाएका थिए । यसकारण यो दिनको नाम अल्जाइमर्स डे भयो । संसारका कयौँ देशमा वर्षौँसम्म अल्जाइमर्स डे को माग उठेपछि २०१२ मा यसको लागि एक तारिख २१ सेप्टेम्बर तय भएको थियो ।

पहिलो अल्जाइमर्स डे को सुरुवात एक अभियानको रुपमा सुरु भयो, जसको उद्धेश्य बढि मानिसले यो विरामी लुकाएको बानीमा परिवर्तन गर्नु थियो । अल्जाइमर्स डे २०२० को थिम छ— आउनुहोस डिमेंशियाको बारेमा कुरा गरौँ । अल्जाइमर्स डिमेंशियाको एक प्रकार हो ।

गाउँ सहर डेस्क

तपाईँको मत