जीवनशैली

जागिर गूम्यो : अनावश्यक खर्च नगर्नुहोस्, आर्थिक र मानसिक तयारी यसरी गर्नुहोस्

[खाली समयमा नयाँ सीप सिक्नुहोस्]

काठमाडौँ । कोरोना महामारीले विश्वका करिब २.५ कारोड जनताको जागिर अर्थात काम गुमेको छ । अधिकांशत स्थानमा अझैपनि कर्मचारी कटौतिमा परिरहेका छन् । धेरैलाई विदा दिइएको छ भने केहिलाई घरबाट काम गर्ने र सोहि अनुसारको रकम दिने व्यवस्था गरेका छन् । धेरै आधा या एकतिहाई रकममा काम गरेका छन् । यसको एउटै कारण हो लगातारको बन्द र खर्च धान्न नसक्नु ।

यो विषम अवस्थामा खर्च धान्न मुश्किल बनेको छ । आर्थिक र मानसिक तनावले आत्महत्याका केशहरु पनि बढेका छन जुन कोरोनाकै घानमा छिरेका छन् । कोरोनाको कहरले हरेक पक्षहरु नमज्जाले थेचारिएका छन् । जसलाई पूर्नताजगी गर्दै जीवन चलाउनुको हामीसँग अर्को विकल्प पनि छैन ।

केहि समय अघि नेपाल राष्ट्र बैंकले निकालेको प्रतिवेदन अनुसार— कोभिड-१९ का कारण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ प्रकोपका कारण विश्वले मानवीय एवम् आर्थिक क्षति व्यहोर्नु परेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीबाट विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भएको छ । महामारीको संक्रमण रोक्न नेपाल सरकारले २०७६ चैत ११ बाट देशव्यापी रुपमा बन्दाबन्दी घोषणा गरेको थियो । बन्दाबन्दीको समयमा अत्यावश्यक बाहेकका आर्थिक क्रियाकलापहरु बढी प्रभावित रहे । कोभिड संक्रमणले अर्थतन्त्रमा पारेको असरका कारण आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशतमात्र आर्थिक वृद्धि हासिल हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ, भनेर बताएको छ ।

बैंकले थप बताएको छ— बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग/व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइएका छन् । यसबीचमा सर्वेक्षणमा संलग्न उद्योग/व्यवसायले झण्डै एक चौथाइ कर्मचारी/कामदार कटौती गरेको पाइएको छ । यसरी कटौती हुने मध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् । सोही अवधिमा उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा ९६.७ प्रतिशत उद्योग/व्यवसायहरुको उत्पादन/कारोबार ७३.८० प्रतिशतले घटेको पाइएको छ ।

बन्दाबन्दी अवधिमा उद्योग/व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको पाइएको छ । कटौती भएकामध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको देखिएको छ । सो अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको पाइएको छ ।

यो विषम अवस्थामा मानसिक रुपमा कसरी तयारी गर्ने ?

मनाेविद डा. नरेन्द्र ठगुन्नाका अनुसार, यो समयमा शान्त रहने, चिन्ता कम गर्ने, सकारात्मक रहने, कुनैपनि काम सानो हुँदैन भन्ने बुझ्ने, स्वास्थ्यलाई ख्याल गर्ने, एक्लै नबस्ने बानी गर्नुपर्दछ । उनका अनुसार— यो समय मानिसको काम परिवर्तन हुन सक्छ किनकी जीवन त चलाउनु छ । त्यस कुरामा सानो ठूलो भनेर चिन्ता गर्नु हुँदैन ।

आर्थिक रुपमा कसरी तयारी गर्ने ?

अर्थविद् डा. रघुबिर विष्ट भन्छन्— यो महामारीमा गुमेको रोजगारी र आफूसँग भएको वा वचत भएको रकमको खर्च मित्तव्ययी भएर गर्नुपर्दछ । उनका अनुसार जरुरी खर्चमात्र गर्ने, गलत फैसला नलिने, ऋणको बारेमा सोचविचार गर्ने, अनावश्यक खर्च गर्नु हुँदैन ।

भविश्यको तयारी कसरी गर्ने ?

विज्ञका अनुसार, गुमेको रोजगारीलाई पूर्नको लागि तुरुन्तै नयाँ काम खोज्न सुरु गर्नुहोस् । तपाईं स्थीर हुनुभयो भने तपाईं शारीरिक र मानसिक रुपमा कमजोर बन्नुहुनेछ । आपतकालिन कोषको जोहो गर्नुहोस् । तपाईंमा रहेका आन्तरिक सीपलाई उजागर गर्नुहोस्-साझा गर्नुहोस् । कतै कुनै मौका नमिलेको भए त्यसको लागि आवश्यक तयारी गर्नुहोस् । यो खाली समयमा आफूले आफूलाई चिन्ने प्रयत्नपनि गर्नुहोस् । यति गर्न सकियो भने समस्याहरु क्रमशः कम हुँदै जान्छन भने तपाईंको भविश्य उज्वल रहने बाटोपनि खनिँदै जान्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत