स्वास्थ्य

विश्वभर २ कराेड २५ लाख जना काेराेनाभाइरसबाट निकाे, ६१ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७४ लाख ३८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड २५ लाख ८२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ९८ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख ६१ हजार ३७३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ३९२ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६९ लाख ६७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार ८४ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ४२ लाख २३ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५३ लाख ९८ हजार २३० पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ८६ हजार ७७४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४२ लाख ९९ हजार ७२४ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ६२ हजार ७९७ जना पुगेका छन् भने ४५ हजार २६७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४०१ पुगेको छ भने १७ हजार १२० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत