प्रविधि

वैज्ञानिकले बनाए पहिलो 'बायोनिक आँखा', जन्मजात दृष्टिहीनताको अन्त्य हुने

[१० वर्षे अनुसन्धानको सफलता]

काठमाडौँ । अष्ट्रेलियाको मोनाश यूनिभर्सिटीका शोधकर्ताले १० वर्षको अनुसन्धानपछि बायोनिक आँखा बनाएका छन् ।

यसको माध्यमबाट मानिसमा दृष्टिहीनताबाट छुटकारा मिल्न सक्दछ ।

अहिले यो आँखालाई मनुष्यको मस्तिष्कमा लगाउने तयारी चलिरहेको छ । दावी गरिएको छ कि यो संसारको पहिलो बायोनिक आँखा हो ।

यूनिभर्सिटीका इलेक्ट्रिकल तथा कम्प्यूटर इन्जिनियरिंग विभागका प्रोफेसर लाओरीले भने- हामीले यस्तो वायरलेस ट्रान्समिटर चिप तयार गरेका छौँ, जुन मस्तिष्कको सतहमा फिट गरिनेछ । हामीले यसलाई "बायोनिक आई" नाम दिएका छौँ । यसमा क्यामराको साथै एक हेडगियर फिट गरेका छौँ । जसले आसपास हुने क्रियाकलापहरुमा नजर राखेर सिधै दिमागमा सम्पर्क गर्न सक्छ ।

यो डिभाइसको आकार ९x९ मिमी छ । यो आँखा बनाउनमा १० वर्ष बढि लागेको छ । प्रोफेसर लाओरीका अनुसार- बायोनिक आँखा जन्मदेखि नै नेत्रहिन व्यक्तिलाई लगाउन सकिन्छ । शोधकर्ताले डिभाइस बिक्री गर्नको लागि कोषको माग गरेका छन् । तर यसका शोधकर्ताले अघिल्लो वर्ष ११.७६ करोड नेपाली रुपैयाँको फण्ड लिएका थिए ।

मोनाश बायोमेडिसिन डिस्कभरी इन्स्टिच्यूटका डाक्टर यान वोंगका अनुसार- शोधको समयमा १० डिभाइसलाई भेडामा परीक्षण गरिएको थियो । यसमध्ये ७ डिभाइसले भेडाको स्वास्थ्यमा कुनै नोक्सानी गरेन, नौ महिनासम्म सक्रिय रहेका थिए । उता डा. ल्यूसले भने- यदि डिभाइस प्रभावकारी सावित भएमा ठूलो स्तरमा तयार गरिनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत