स्वास्थ्य

नाक र मुखमा आयोडिनले सफा गरे १५ सेकेण्डमा स्वाहा पार्नेछ ‘कोरोना’

{अमेरिकी वैज्ञानिकको नयाँ दावी}

काठमाडौँ । अमेरिकाका वैज्ञानिकहरुले आयोडिनबाट कोरोना मर्ने दावी गरेका छन् ।

वैज्ञानिकका अनुसार, नाक र मुखमा आयोडिनले सफा गर्दा कोरोनालाई रोक्न सकिन्छ ।

अमेरिकाको यूनिभर्सिटी अफ कनेक्टिकट स्कूल अफ मेडिसिनले यो अनुसन्धान गरेको हो । अनुसन्धान भन्छ— ०.५% कन्सन्ट्रेशनवाला आयोडिन सोल्यूशनमा जब कोरोना छोडियो तब १५ सेकेन्डमा सकियो ।

अनुन्धनानकर्तालाई भन्नुछ— आयोडिनले सफा गरेर भाइरसबाट बच्न सकिन्छ र कोरोनालाई फोक्सोसम्म पुग्नबाट रोक्न सकिन्छ । यसो गरेमा विरामीको नाजूक अवस्था हुनबाट बचाउन सकिन्छ ।

भाइरसलाई आयोडिनले कसरी मार्छ ?

अनुसन्धानकर्ताका अनुसार, मानिसको नाकमा सबैभन्दा बढि एसिइ-२ रिसेप्टर्स हुन्छ जसले कोरोना फैल्याउन मद्धत गर्दछ । धेरै केशहरुमा भाइरसको प्रवेश नाक वा मुखदेखि नै भएको छ । भाइरसलाई त्यहिँ रोक्नको लागि क्लिनिकल ट्रायलमा नाक र मुखको सफाईमा केन्द्रित गरिएको छ ।

अनुसन्धानकर्तले यसलाई बुझाउनको लागि आयोडिनका तीन एन्टिसेप्टिक सोल्यूशन्स (पिभीपी-१) तयार गरे । यसमा आयोडिनको मात्रा ०.५%, १.२५% र २.५% राखे । अनुसन्धानबाट ०.५% भएको सोल्यूशनमा भाइरस १५ सेकेण्डमा मर्यो ।

यसको अलवा यी अलग-अलग सोल्यूशनमा ७०% एथेनोल हालेर १५ सेकेण्डदेखि ३० सेकेण्डपछि कोरोनामा असर देखियो । प्रयोगमा एथेनोल कोरोनालाई पूर्णतया समाप्त गर्न महत्वपूर्ण सावित भएन । अनुसन्धानकर्ताका अनुसार, यदि कोरोनालाई आयोडिनसँग राखिए भाइरस १५ सेकेण्डमा समाप्त हुन्छ ।

अनुसन्धानकर्ताले भने- चिकित्सकले विरामीलाई आयोडिन सोल्यूशनबाट नाक धुने सहि तरिका बताउनुहोस ताकि उनीहरु यसको प्रयोग गर्न सकुन् । यसो गरिएमा मुख या नाकबाट निस्कने कोरोनाको कणको माध्यमबाट हुने संक्रमणको खतरा कम गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत