स्वास्थ्य

विश्वभर काेराेना निकाे हुने २ कराेड २३ लाख नाघे, मृत्यु हुने ९ लाख ५६ हजार भन्दा बढि

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७४ लाख जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड २३ लाख ३४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ९१ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख ५६ हजार ४२१ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार ४०५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६९ लाख २५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार १७९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ४१ लाख ९१ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५५ लाख ५ हजार ४५७ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ८५ हजार ६२५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४२ लाख ५ हजार २०१ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ६१ हजार ५९३ जना पुगेका छन् भने ४३ हजार ८२० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३९० पुगेको छ भने १७ हजार ३८३ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत