गाउँ सहर

शक्तिशाली शनिदेवका दशवटा प्रसिद्ध नाम

भगवान् सूर्यका पत्नी छायादेवी (सुवर्ण) बाट जन्मिएका शनि देवता । हरेक हप्ता शनिबारका दिन विभिन्न देवस्थल र विभिन्न स्थानमा रहेका पिपलको बोटमा जल चढाई शनिदेवलाई मान्ने प्रचलन छ ।

नेपालको देवपाटनमा बछलादेवीको मन्दिरनजिकै एउटा सानो शनिको मूर्ति छ । भक्तजनहरू त्यहीं गएर शनि देवताको पूजा गर्छन् । कतिपय पिपलको बोटमुनि शनिको मूर्ति स्थापना गरिएको पाइन्छ, त्यहीं गएर पनि भक्तजनले पूजाआजा गर्छन् ।

नवग्रहमध्ये सबैभन्दा शक्तिशाली सर्वश्रेष्ठ ग्रह शनिदेव यमराज, यमुना, भद्राका भाइ हुन् । कालो वस्त्र पहिरिने रात्रि बलशाली भएका शनिको बार शनिबार हो । पश्चिम दिशाका स्वामी शनिलाई अंग्रेजीमा सैटर्न, उर्दुमा जुदूल, फारसीमा केदवान, अरबीमा जुहुल भनिन्छ भने संस्कृतमा शनि ।

शनिको दशवटा प्रसिद्ध नाम यम, बभ्रु, पिप्पलाश्रय, कौणस्थ, सौरी, शनैश्चर, कृष्ण, रोद्रान्तक, मन्द र पिंगल हुन् । यस्तै, पौराणिकशास्त्रका अनुसार अन्य प्रसिद्ध नाम यमागज, रविपुर, सूर्यपुत्र, दापातंयज, अकैसुवन, असित सौकि, नीलकाय, क्रूर कुशाग, कपिलाक्ष र पंगु पनि हुन् । शनि देवले आफ्नो शुभ प्रभाव विशेष गरेर कानुन, राजनीति र अध्यात्मका विषयमा दिने गर्छन् ।  

गाउँ सहर डेस्क

तपाईँको मत