प्रेरणा

यदि हामी शान्त रहे झगडै हुँदैन, क्रोधको कारण नै वाद-विवाद सुरु हुन्छ

काठमाडौँ । जब दुई व्यक्ति एकै समयमा रिसाउँछन भने वाद-विवादको अवस्था आउने गर्दछ र झगडासम्म पुग्छ । यदि दुईमध्ये कुनै एक शान्त रहेमा झगडाको अवस्था कहिल्यै आउँदैन । यसैसँग जोडिएर एक लोककथा प्रचलित छ ।

प्रचलित लोक कथाका अनुसार एकजना सन्त भिक्षामा प्राप्त अन्नबाट आफ्नो जीवन गुजारा गर्दथे । उनी दैनिक फरक फरक स्थानका गाउँमा गएर भिक्षा माग्दथे । एकदिन उनी गाउँको ठूलो महाजनकोमा भिक्षा माग्न पूगे । महाजनले सन्तलाई थोरै अन्न दिए र भने— गुरुजी म एक प्रश्न सोध्न चाहन्छु ।

सन्तले महाजनले दिएको अन्न लिए र भने— सोध्नुहोस् ।

महाजनले भने— म यो जान्न चाहन्छु कि मानिसहरु लडाईं-झगडा किन गर्दछन् ?

सन्त केहिबेर चुप रहे र भने— म यहाँ भिक्षा लिन आएको हुँ, तिम्रो मूर्खतापूर्ण प्रश्नको जवाफ दिन आएको होइन ।

यो कुरा सुनेर महाजन एकदमै क्रोधित भए । उनले आफैँलाई नियन्त्रण राख्न सकेनन् र भने— तिमी कस्तो सन्त हौ, मैले दान गरेँ तर यसरी बोलिरहेका छौ । महाजनले रिसको झोँकमा धेरै सूनाए । सन्तले चुपचाप सुनिरहे । उनले एक शब्दपनि महाजनतर्फ बोलेनन् ।

केहि समयपछि महाजनको रिस शान्त भयो तब सन्तले उसलाई भने— भाई जसरी मैलै नराम्रो बोलेँ, तिमीलाई रिस उठ्यो । रिसको झोँकमा तिमी ममाथि खनियौ । यदि सोहि समयमा म पनि क्रोधित भएको भए हामीबीच लडाईं-झगडा हुन्थ्यो ।

क्रोध नै हरेक झगडाको मूल कारण हो र शान्तिले नै हरेक विवादलाई समाप्त गर्न सक्दछ । यदि हामी क्रोध नै गर्दैनौँ भने कहिल्यैपनि वाद-विवाद हुँदैन । जीवनमा सुख-शान्ति चाहनुहुन्छ भने क्रोधलाई नियन्त्रण गर्नु पर्दछ । क्रोधलाई काबूमा राख्न दैनिक ध्यान गर्नुहोस् । भगवानको मन्त्र जप गर्नुहोस् ।

यो लोककथाबाट घरपरिवार होस वा कार्यस्थल जहाँपनि शान्त रहनु पर्दछ । यदि कोहि रिसाएको छ भने शान्तिले अर्काले जवाफ दिनुपर्छ । यदि शान्ति छाडेर क्रोध गर्यौँ भने साना-साना कुराहरुमा पनि ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत