प्रेरणा

“हामीले कसैसँग कुनै तरिकाको प्रतियोगिता गर्नुपर्दैन, हामी जस्तो छौँ राम्रो छौँ, आफैँले स्वीकार गर्नुपर्दछ”

काठमाडाैँ । ओशो पारम्परिक धार्मिक सन्तभन्दा फरक धार्मिक तथा अध्यात्मिक गुरु थिए । ११ डिसेम्बर १९३१ मा उनको जन्म भारतको मध्य प्रदेशको रायसेनमा भएको थियो । ओशोले युवावस्थाबाटै ध्यान गर्न सुरु गरेका थिए ।

जबलपुरबाट दर्शनशास्त्रको प्रारम्भिक पढाई गरे । सागर यूनिभर्सिटीबाट दर्शनशास्त्रमा एमए गरे । उनी प्राध्यापक र सार्वजनिक वक्ता बने । यीनलाई आचार्य रजनीशको नामले पनि चिनिन्छ । ओशोको मृत्यु ११ जनवरी १९९० मा भएको थियो ।

उनका केही विचारहरु यहाँ प्रस्तुत गरिन्छः

  • यदि केहि हानिकारक गर्नुछ भने ताकतको जरुरत हुन्छ । प्रेम र करुणाले हरेक राम्रो काम हुन सक्छ ।
  • जब प्रेम र धोका दुबै नहुँदो हो, तब हरेक कुरा एकदम स्पष्ट हुन्छ ।
  • प्रश्न यो होइन कि मृत्युपछि जीवन हुनेछ वा हुँदैन, प्रश्न त यो हो कि के हामी मृत्युभन्दा पहिलेको जीवनमा केहि राम्रो काम गर्न सक्छौँ ?
  • जीवन धेरै सुन्दर छ । यसकारण जीवनको महत्व सोध्नु नै ठूलो मूर्खता हो ।
  • बुद्धि कुनै सीमामा रहँदा बढ्दैन । बुद्धि त अलग अलग प्रयोग गर्दा र समस्याको सामना गर्दा बढ्ने गर्दछ ।
  • प्रेमको असली सीमा पूर्ण स्वतन्त्रता हो । कुनैपनि सम्बन्ध सकिने मुख्य कारण स्वतन्त्रता नहुनु हो ।

गाउँ सहर डेस्क

तपाईँको मत