सूर्यको राशि परिवर्तन, यी राशिमा लाभ : तपाईंकाे कस्ताे रहेछ ? हेर्नुहाेस्
- गाउँ सहर डेस्क
- १ असोज बिहीबार, २०७७ | १४:०१:०० मा प्रकाशित
सूर्यदेव आज आफ्नो राशिबाट निस्किएर कन्या राशिमा प्रवेश गरिरहेका छन् । जब भगवान सूर्य भगवान कन्या राशिमा गोचर हुन्छन् यसलाई कन्या संक्रान्ति भनिन्छ । कन्या संक्रान्तिमा भगवान विश्वकर्माको पूजा गरिन्छ । यो संक्रान्तिलाई लाभदायक मानिन्छ । यो समयमा दानले पुण्यको विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । खास गरेर पितृको तर्पणपनि राम्रो हुन्छ । भगवान भास्कर एक राशिमा एक महिना रहन्छन् । सूर्यदेव आफ्नो राशि परिवर्तन गरिरहेका छन्, बुध ग्रहभन्दा पहिलेनै उनी कन्या राशिमा विराजमान
छन्, यसकारण बुध र सूर्य दुबै ग्रह एकसाथ हुँदा बुधदित्य योगको निर्माण हुन्छ ।
यो संयोग धेरै शुभ मानिन्छ र शुभ परिणाम देख्न पाइन्छ । बुधादित्य योग बन्दा सूर्य संक्रान्तिको विभिन्न राशिमा सकारात्मक परिणाम देख्न पाइन्छ । कन्या राशिका जातको लागि सूर्यको यो गोचर उत्तम छ । यो परिवर्तनले कयौँ राशिको लागि सफलताको बाटो खोलेको छ । केहि राशिलाई लछ्य प्राप्ति गर्नको लागि मेहनत पनि गर्नुपर्ने हुनसक्छ । आउनुहोस जानौँ कुन राशिमा के असर पर्दछ ।
- मेषः तपाईंलाई धन प्राप्तिको योग छ, यो राशिका व्यक्तिलाई समाजमा प्रतिष्ठा पनि मिल्दछ ।
- वृषः यो राशिका व्यक्तिलाई सफलता पाउन धेरै मौका मिल्दछ, यसको लागि मेहनत गर्नु पर्दछ ।
- मिथुनः धेरै समयसम्म अड्किएको काम बन्ने योग छ ।
- कर्कटः तपाईं जुन बृत्तिमा प्रगति गर्न सक्नुभएको छैन भने हिम्मत जुटाउन सक्नुहुन्छ ।
- सिंहः तपाईंलाई मातापिताको आशिर्वाद पाउनुहुनेछ । सफलताका कयौँ अवसर प्राप्त हुनेछन् ।
- कन्याः यो राशिका लागि पनि राम्रो खबर छ । तपाईंको लागि उत्तम योग छ ।
- तुलाः तपाईंको आर्थिक अवस्था सुध्रिनेछ ।
- वृश्चिकः तपाईंले कुनै कार्यको लागि पसिना बगाउनुपर्ने हुन्छ ।
- धनुः समाजमा तपाईंलाई मानसम्मान मिल्नेछ ।
- मकरः यस्तो समयसँग जुध्नुपर्ने हुनसक्छ, कृपया दृढ भएर निर्णय लिनुहोला ।
- कुम्भः जीवनसाथीसँग लडाइँ हुनसक्छ, विचार गरेर काम गर्नुहोला ।
- मीनः यो राशिको लगि सकारात्मक खबर देख्न पाइन्छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस