स्वास्थ्य

३ कराेड नाघ्याे विश्वभर काेराेना संक्रमित संख्या, अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७२ लाख ८७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड १७ लाख ९२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड २५ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख ४४ हजार ७०७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार २२१ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६८ लाख २८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार १५७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ४१ लाख १९ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५१ लाख १५ हजार ८९३ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ८३ हजार २३० जनाको ज्यान गइसकेको छ । जसमध्ये ४० लाख २२ हजार २९ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ५८ हजार ३२७ जना पुगेका छन् भने ४१ हजार ७०६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३७९ पुगेको छ भने १६ हजार २४२ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत