वातावरण

‘ओजाेन फर लाइफ’- लक्ष्य प्राप्तिमा हामी के गरिरहेका छाैँ ?

मानवलाई कुनै ज्यानलिने रोगबाट बचाउने ओजोन लेयरको लागि लकडाउन राहत समय मान्न सकिन्छ । देशमा लकडाउनको जुन असर भयो, त्यसको ठूलो फाइदा ओजोन लेयरलाई भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण काठमाडौँ उपत्यकाको वायुको अवस्थामा उल्लेख्य सुधार देखिएको थियो । काठमाडौंँ उपत्यकालगायत विश्वभर नै वायु प्रदूषण घट्दै गइरहेको विभिन्न अध्ययनहरुले देखाएका थिए । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन निर्देशन दिँदै सरकारले गरेको लकडाउनका कारण उद्योग, कलकारखाना, जहाज, सवारीसाधन सञ्चालन भएका थिएनन् भने निर्माणका काम पनि ठप्प रहेका कारण प्रदूषणको मात्रा घटेको थियो । साथै आम मानिसको आवतजावतमा समेत कमी आएकाले वायु प्रदूषणको मात्रा पनि घटेको थियो ।

नेपालमा वार्षिक कुल वायु प्रदूषणको औसत मात्रा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले वायु गुणस्तरका लागि तोकेको मापदण्ड भन्दा पाँच गुणाले बढी छ । त्यसले हजारौँ नेपालीहरूलाई स्वास्थ्यसम्बन्धी गम्भीर जोखिममा पारेको डब्ल्यूएचओको भनाइ छ । तर विश्वव्यापी कोरोनाभाइरसको महामारीका माझ गएको चैत ११ गतेबाट नेपालमा लगाइएको लकडाउनले नेपालमा वायुको गुणस्तरमा सुधार भएको देखाएको थियो । 

पहिलाको १३५ माइक्रोग्राम्स पर क्युबिक मिटरबाट काठमाडाैँको प्रदूषणको औसत तह लकडाउनको समयमा १०८ माइक्रोग्राम्स पर क्युबिक मिटरमा झरेको पाइएको थियो ।

वातावरणविद्हरू मुख्य गरी लकडाउनका कारण पेट्रोलियम पदार्थको कम खपत हुनुलाई हावाको गुणस्तर सुधारिनुको मुख्य कारण मान्छन् । सो अवधिमा नियमित रूपमा पानी परेकाले पनि अवस्था सुध्रिएको उनीहरू बताउँछन् ।

आइक्यू एअर नामक निकायले निकालेको सन् २०१९ को विश्व वायु गुणस्तर प्रतिवेदनले नेपालमा वायु प्रदूषणको अवस्था विश्वकै आठौँ खराब भएको उल्लेख गरेको थियो । वायु प्रदूषणका कारण वर्षेनी विश्वभर ७० लाख मानिसहरूले ज्यान गुमाउने गरेकाे बताइन्छ ।

१. ओजाेन लेयर के हो ?

अक्सिजनको ३ अणु (O३) तीन परमाणुहरू सँग मिलेर बनेको एक ग्याँस हो। जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%) मा पाइन्छ भने यो तीखो गन्ध भएको अत्यन्त विषालु ग्याँस हो । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ । यसलाई ओजोन तह भनिन्छ । पृथ्वीमा कलकारखाना र सवारी साधनमा प्रयोग हुने इन्धन तथा रसायनबाट निस्केको ओजोन वायुमण्डलमा गएर एकत्रित हुने गर्दछ । यसले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ । जहाँ यसको निर्माण अक्सिजनबाट पराबैजनी किरणहरूको प्रभावस्वरूप हुन्छ । ओजोन अक्सिजनको एक माथिल्लो रुप हो ।

ओजाेन लेयर दुई प्रकारका हुन्छन् । एक फाइदाजनक र बेफाइदाजनकः-

फाइदाजनक लेयर ओजाेनको एक पत्र हो, जो सूर्यबाट आउने हानिकारक पराबैजनी किरणलाई सोसेर रोक्ने काम गर्दछ । यसको खोज सन् १९५७ मा अक्सफोर्ड यूनिभर्सिटीका प्राध्यापक गार्डन डोब्सनले गरेका थिए ।

त्यस्तै बेफाइदा पुर्याउने लेयर, यो ओजाेन ग्यासको लेयर हाम्रो श्वास लिने स्तरमा हुन्छ । यसले नोक्सानी पुर्याउँछ । यो गाडि, फ्याक्ट्रीबाट निस्किएको धुँवामा रहेको नाइट्रोजन अक्साइडबाट बन्ने गर्दछ । यहि क्यान्सरको कारण बन्न सक्छ । हावाको जाँच गरेर यसको स्तर थाहा पाउन सकिन्छ ।

२. ओजाेन लेयरमा प्वाल भएको अर्थ के हो ?

यो लेयरमा प्वाल हुँदा सूर्यको पराबैगनी किरण सिधै धर्तीसम्म पुग्छ । यो किरणले स्किन क्यान्सर, मलेरिया, मोतियाविन्दु र संक्रामक रोगको खतरा बढाउँछ । यदि ओजाेन लेयरको दायरा १% पनि घटेमा पराबैजनी किरण मानवसम्म पुग्छ र विरामी हुने खतरा धेरै हुन्छ ।

३. किन यो लेयरमा पुगिरहेको छ असर ?

यस्तो कस्मेटिक प्रोडक्ट र स्प्रेको प्रयोग भइरहेको छ जसमा क्लोरोफ्लोरो कार्बन पाइन्छ । यसले ओजाेन लेयरलाई नोक्सानी पुर्याइरहेको छ । धूमपानबाट नस्केको धुँवा, बालीनालीबाट निस्केको कार्बन, प्लास्टिक, रबर, फोहोरबाट निस्किएको कार्बनले नोक्सानी पुर्याइरहेको छ । नुन भएको कोइलाले पनि लेयर बिगार्न सहयोग पुर्याइरहेको छ ।

४.ओजाेन बिगार्ने कण कसरी बन्छन् ?

वातावरणमा नाइट्रोजन अक्साइड र हाइड्रोकार्बन जब सूर्यको किरणसँग प्रतिक्रिया गर्दछन तब ओजाेन प्रदूषक कणको निर्माण हुने गर्दछ । सवारी साधन, फ्याक्ट्रीको धुँवाबाट । बैज्ञानिकका अनुसार ८ घण्टामा ओजन प्रदूषकको मात्रा १०० माइक्रोन प्रति घनमिटरभन्दा बढि हुनु हुँदैन ।

५. कसरी सुरु भयो "वर्ल्ड ओजाेन डे" को शुरुवात ?

ओजाेन लेयरमा सबैभन्दा पहिले संयुक्त राष्ट्रले पहल गरेको थियो । क्यानडाको मान्ट्रियल प्रोटोकलमा १६ सेप्टेम्बर, १९८७ धेरै देशहरुबीच एक सम्झौता भयो, जसलाई मान्ट्रियल प्रोटोकल भनिन्छ । यसको सुरुवात १ जनवरी, १९८९ बाट भयो । यो प्रोटोकलको मुख्य लक्ष्य २०५० सम्म ओजाेन पत्रलाई नोक्सनी पुग्ने रसायनलाई नियन्त्रण गर्नु थियो । यस वर्षको ओजाेन डे को थिम ‘ओजाेन फर लाइफ’ रहेको छ ।

मानवलाई नोक्सानी गर्ने ओजाेन ग्यास घट्यो कि बढ्यो ?

कोरोनाकालको ६ महिनामा करिब ५०% उच्च प्रदूषणको स्तर घटेको छ । तर लकडाउन क्रमशः खुलेसँग यो पुनः बढ्दै गएको वातावरणविदहरु बताउँछन् । तर लकडाउनको बिचमा पनि ओजाेन ग्यासको स्तर केवल २०% मात्र कम भएको तथ्यांक छ ।

संसारमै बढिरहेको छ तापक्रम, यसले ओजाेन लेयरमा के असर पार्दछ ?

संसारमा बढेको तापक्रम र यो लेयरबीच कुनै सम्बन्ध छैन । वायुमण्डलको तापक्रम तब बढ्छ जब प्रदूषणको कारण पर्यावरणमा भएको कण सूर्यको तापलाई आशोषित गर्दछ । यसमा सबैभन्दा बढि कार्बन हुने गर्दछ । दक्षिण एशियाली देशमा प्रदूषण धेरै भएका कारण तापक्रम थप बढिरहेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत