स्वास्थ्य

चीनको दावी : नोभेम्बरसम्म आम नागरिकको लागि उपलब्ध हुनेछ- कोरोना भ्याक्सिन

काठमाडौँ । संसारभर यो समाचार तयार पार्दासम्म कोरोनाभाइरसका कारण दुई करोड ९४ लाख ५० हजार १९३ जना संक्रमित भएका छन भने नौ लाख ३२ हजार ८११ जनाको ज्यान गएको छ । यसमा दुई करोड १२ लाख ८१ हजार ८५ जना निको भएका छन् । सक्रिय ७२ लाख ३६ हजार २९७ केशमध्ये ६० हजार ६७४ को अवस्था गम्भीर छ ।

कोरोनाकालको यो विषम अवस्थामा विश्वभर १८० वटा कोरोना भ्याक्सिनमा कामहरु भइरहेका छन् । यसमध्ये ९ वटा कम्पनी भ्याक्सिन दौडमा अग्र मोर्चामा देखिएका छन् ।

यो दौडमा चीन, अमेरिका र ब्रिटेन सबैभन्दा अगाडि देखिएका छन् । 

यसै परिवेशमा चीनमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्स (सीडीसी) का एक अधिकारीले नोभेम्बरसम्म कोरोनाभाइरसको भ्याक्सिन आम नागरिकको लागि उपलब्ध हुने दावी गरेका छन् ।

चीनमा कोभिड-१९ को चार भ्याक्सिनमा अनुसन्धान चलिरहेको छ । यिनीहरुको ट्रायल पनि अन्तिम चरणमा छन् । यसमध्ये तीन भ्याक्सिन आपतकालिन प्रयोगको लागि पनि प्रयोग भइरहेको छ । सीडीसीका चीफ अफ बायोसेफ्टी एक्सपर्ट गुइझेन वू ले सरकारी टिभी च्यानलसँग कुरा गर्दै भने— मैले आफैँ अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ । अहिलेसम्म यसको कुनै साइडइफेक्ट देखिएको छैन ।

वू ले कुन भ्याक्सिनको कुरा गरेको त्यो भने खुलाएनन् । साइनोफर्म र साइनोभेक बायोटेक कम्पनी तीन भ्याक्सिनमा अनुसन्धान गरिहेका छन् । चौथो भ्याक्सिन केनसिनो बायोलोजिक्स कम्पनी डेभलप गरिरहेको छ । चीनको सेनाले जूनमा यो भ्याक्सिनलाई अप्रूभल दिएको थियो । साइनाफार्मले जूलाईमा भनेको थियो कि उसको भ्याक्सिन यो वर्षको अन्त्यसम्म बजारमा आउनेछ । यसको तेस्रो चरणको ट्रायल चलिरहेको छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत