स्वास्थ्य

विश्वभर हाल ७२ लाख २६ हजार जनामा काेराेनाभाइरस सक्रिय, ६० हजार जनाको अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७२ लाख २६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड १० लाख २६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ९१ लाख ८१ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख २८ हजार २६७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार ४६७ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६७ लाख ८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ९८ हजार ५२० जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार १३३ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३९ लाख ७४ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४८ लाख ४५ हजार ३ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ७९ हजार ७५४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३७ लाख ७७ हजार ४४ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ५४ हजार १५९ जना पुगेका छन् भने ३८ हजार ६९७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३४५ पुगेको छ भने १५ हजार ११७ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत