प्रेरणा

‘कुनैपनि लक्ष्यसम्म पुग्नको लागि त्यसको बारेमा पूर्ण ज्ञान हासिल गर्नु आवश्यक, र मात्र प्राप्त हुन्छ सफलता’

यदि हामी कुनै लक्ष्य हासिल गर्न चाहन्छौँ भने त्यसको लागि हामी पूर्ण तयारी हुनु जरुरी छ । लक्ष्यसँग जोडिएका पूरै जानकारीसँगै धैर्य र मेहनत जरुरी हुन्छ । यो सम्बन्धमा एक लोककथा प्रचलित छ ।

प्राचिन समयमा एक आश्रममा गुरु आफ्ना शिष्यसँग बस्दथे । सबै शिष्य गुरुलाई सम्मान गर्दथे र उनको हरेक आज्ञाको पालना गर्दथे । एकदिन आश्रममा नयाँ शिष्य आए ।

नयाँ शिष्यले सबैले गुरुको सम्मान गरेको देखे । गुरुका हरेक कुरा मान्दछन् । उसले सन्तसँग भने कि गुरुजी म तपाईंजस्तै चाँडोभन्दा चाँडो बन्न चाहन्छु, म पनि चाहन्छु कि मेरा कयौँ शिष्य हुन र मलाई तपाईंको जस्तै मानसम्मान मिलोस् ।

गुरु शिष्यको पूरा कुरा सुने र भने— यो लक्ष्यलाई पाउनको लागि तिमीले धेरै वर्षसम्म कडा मेहनत गर्नुपर्दछ, धैर्य राख्नु पर्दछ, ज्ञान हासिल गर्नुपर्दछ, तबमात्र तिमीलाई सफलता प्राप्त हुन सक्दछ । कठिन साधनापछि नै आफ्नो योग्यताबाट तिम्रो यो इच्छा पूरा हुन सक्दछ ।

शिष्यले भने— मलाई किन पर्खनुपर्छ ? म आजबाटै शिष्यलाई ज्ञान दिन किन सक्दिन ? 

यसपछि गुरुले शिष्यलाई खाटभन्दा मुनि उभिन भने र गुरु स्वयं खाटमा उभिए । यसपछि गुरुले शिष्यलाई भने— कृपया मलाई माथिल्लो सिटमा पुर्याऊ ।

गुरुको कुरा सुनेर शिष्यले भने— गुरुजी, म आफैँ तल उभिएको छु तपाईंलाई माथि कसरी पुर्याउन सक्छु ? यसको लागि त मलाई पनि माथि आउनु पर्छ ।

गुरुले हाँस्दै भने— ठिक यसैगरी यदि तिमी कुनै शिष्यलाई माथि उठाउन चाहन्छौ भने पहिले तिमी आफ्नो स्तरपनि उचो गर्नु पर्दछ । तबमात्र तिमी राम्रो गुरु बन्न सक्छौँ । यसको लागि तिमीले आफ्नो ज्ञान बढाउनु पर्छ । सहि गलतलाई बुझ्नु जरुरी हुन्छ । गुरुको यो कुराले शिष्यको बुद्धि आयो ।

यो प्रेरक प्रशंगले यो शिक्षा दिन्छ कि सफलता तबमात्र प्राप्त हुन सक्छ जब हामीसँग पर्याप्त जानकारी हुन्छ र धैर्यताका साथै कडा मेहनत गर्न सकिन्छ । उत्तम समयको पर्खाइले पनि ठूलो भूमिका खेल्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत