पूर्वाधार

‘कोरोनाभाइरस चीनकै ल्याबमा तयार भएको दावी’

[चीन सरकारले यो कुरा सबैसँग लुकायो, चाँडै वैज्ञानिक प्रमाण पेश गर्नेछु : चीनीयाँ भाइरस विशेषज्ञ डा. ली मेंग]

चीनियाँ भाइरस विशेषज्ञ डा. ली मेंग येनले दावी गरेकी छन कि कोरोनाभाइरस वुहान ल्याबमै बनाएको हो र चीनको सरकारले यसलाई लुकाइरहेको छ ।

डा. ली मेंगले भनिन्- म चाँडै यसको वैज्ञानिक प्रमाण पेश गर्नेछु । उनि भन्छिन्- बेइजिङ्गलाई पनि थाहा थियो कि कोरोनाभाइरस फैलनेवाला छ ।

डेलिमेलको रिपोर्ट अनुसार, भाइरसँग जोडिएका कयौँ जानकारी डा. ली मेंगसँग छन, जसलाई उनी चाँडै सार्वजनिक गर्नेछिन् । डा. ली मेंगको दावी छ कि ज्यानको खतरा भएपछि उनी हङ्गकङ्ग फर्कनुपर्यो । अहिले उनी एक अज्ञात स्थानमा छिन र एक कार्यक्रममार्फत धेरै कुरा साझा गर्नेछिन् ।

कोरोनाको जीनोम सिक्वेन्स मानिसको फिंगर प्रिन्ट जस्तै

कोरोना कहाँबाट आयो, यसको जवाफमा डा. ली मेंग भन्छिन्- कोरोना वुहानको ल्याबबाट आएको हो । यसको जीनोम सिक्वेन्स मानिसको फिंगर प्रिन्टजस्तै छ । यसबाट थाहा हुन्छ कि यो ल्याबमै तयार गरिएको हो । म यो प्रमाण सबैमा पुर्याउन चाहन्छु ।

चीन सरकारले येनसँग जोडिएका हरेक कुरा डिलिट गर्यो

डा. येन भन्छिन्- कोरोनाको सुरुवात वुहानको पशु बजारबाट भयो । तर यो भाइरसको स्वभाव यस्तो नै होइन । तपाईंलाई विज्ञानको बारेमा थाहा नभएपनि यसको पहिचान गर्न सकिन्छ । देश छाड्नुभन्दा पहिले चीन सरकारले उनीसँग जोडिएका हरेक जानकारी हटाएको थियो । उनका साथीहरुले उनको कुरालाई अफवाह भनिदिए किनकी चीन सरकार र उसको व्यवहार राम्ररी जान्दछिन् ।

परिवार र साथीसँग नियन्त्रण गर्ने कोशिश

डा. ली मेंगका अनुसार- त्यहाँ मेरो बारेमा अफवाह फैल्याइएको छ, म झुट बोलिरहेको छु भनेर । परिवार र साथीलाई नियन्त्रणमा लिने कोशिश गर्नेछन् । उनले हङ्गकङ्ग स्कूल अफ पब्लिक हेल्थबाट भाइरस तथा इम्युनोलोजीको पढाई गरेकी छन् । यो संस्थान संक्रमित विरामीको अध्ययनको लागि चिनिन्छ र डब्लूएचओको एक हिस्सा पनि हो ।

डा. ली मेंग भन्छिन्- उनी पहिलो वैज्ञानिक हुन जसले कोरोनाभाइरसको अध्ययन गरिन् । डिसेम्बर २०१९को अन्त्यमा उनका सिनियरबाट यसको अध्ययन गर्न भनेका थिए । सो समय बेइजिङ्गले जानेबुझेर जुन स्थानबाट भाइरसको उत्पति भयो, सो जानकारीलाई तोडमोड गरेर पेश गर्यो र वास्तविकतालाई नजरअन्दाज गर्यो ।

उनी किन सार्वजनिक भइन् ?

यो प्रश्नको जवाफमा डा. ली मेंग भन्छिन्- जब कोरोनाको केश मलाई लाग्यो आफ्नो व्यवसायसँग न्याय गर्नु पर्दछ र यस बारेमा साँचो बोल्नु पर्दछ, तब मैलै तय गरेँ कि यसको सत्यता सबैसामू ल्याउने छु । अहिले अमेरिका पुगेपछि लुकेर बसेकी छु किनकी मेरो जीवन खतरामा छ ।

जब मैले आफ्ना सिनियरलाई यो भाइरस एक मानिसबाट अर्कोमा फैलनसक्छ भनेर सोध्दा कुनै जवाफ दिएनन् । त्योबेला अमेरिकामा यूटुबबाट भिडियोको माध्यमले मानिसमा पुर्याइयो तबपनि चीनका मानिस चुपचाप रहे किनकी सरकारसँग डराउँछन् । भाइरससँग जोडिएका कुरा बाहिर आएपछि चाइनिज नेशनल हेल्थ मिशनले ल्याबमा भाइरस तयार हुने कुरालाई खारेज गरिदियो । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत