स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ९ लाखभन्दा बढिकाे मृत्युु, ६० हजार जनाकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७१ लाख ५६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ५ लाख ७२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ८६ लाख ४८ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख १९ हजार ५७५ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार ८८१ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६६ लाख ३६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ९७ हजार ४२१ जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार ३४७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३९ लाख १७ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४६ लाख ५७ हजार ३७९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ७७ हजार ५०६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३६ लाख २१ हजार ४३८ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ५१ हजार ९१९ जना पुगेका छन् भने ३६ हजार ६७२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३२२ पुगेको छ भने १४ हजार ९२५ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत